कांग्रेसको जागरण अभियान जारी

आदर्श समाज सम्वाददाता
जेठ ७, २०७६
Nepali-Congress-Party-Office-1

पोखरा, ७ जेठ । नेपाली कांग्रेसको जागरण अभियान अन्र्तगत पोखराको वडा नं ३ मा कार्यक्रम सम्पन्न गरेको छ ।

अभियान कार्यकर्तालाई थप उत्साहित बनाएको छ भने,पार्टी भित्रको गुट उपगुट भन्दा माथि उठेर कांग्रेसलई बलियो बनाउने प्रतिबद्धता समेत कार्यकताले व्यक्त गरेका छन् ।

कार्यक्रमलाई नेपाली कांग्रेसका पूर्व आमन्त्रित केन्दी्रय सदस्य तथा जिल्ला प्रतिनिधि राम्जी कुवँरले पार्टी बलियो भए मात्रै जनताको सेवा गर्न सकिने बताए ।उनले कांग्रेस एक भएर अगाडि बढे कसैले हराउन नसक्ने उनको दावि थियो ।

वडा नं ३ का सभापति दिलिप गिरीको अध्यक्षतामा भएको कार्यक्रमलाई जिल्ला प्रतिनिधि राधा अधिकारी,विनोद त्रिपाठी, महाधिवेशन प्रतिनिधि मनबहादुर वि.क ले जागरण अभियानले कार्यकर्तामा उत्साह जगाएको बताए ।

कार्यक्रममा क्रियाशील सदस्य,वडा र क्षेत्रका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।कांग्रेसको जागरण अभियान वडा स्तरमा शनिवारसम्म चल्ने बताइएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width