युवामाँझ जागरण कार्यक्रम

आदर्श समाज सम्वाददाता
जेठ ७, २०७६
01 (3)

पोखरा, ७ जेठ । कास्की मादी गाउँपालिका–१ खिलाङमा स्थानीय थन्कु देउराली युवा क्लबद्वारा आयोजित एकदिने युवा जागरण तथा सचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ ।

मादी गाउँपालिकाको सहयोगमा सम्पन्न उक्त कार्यक्रममा गाउँका ४० युवाले सहभागिता जनाएका थिए । सहभागीलाई युवा जनशक्तिको महत्व, युवा नेतृत्व विकास तथा युवाका समस्या र अवसरको बारेमा प्रशिक्षण प्रदान गरिएको थियो ।

कार्यक्रमको समापन गर्दै मादी –१ का वडा सदस्य एवं खिलाङ गाउँका युवा समाजसेवी टिकाराम गुरुङले युवामा बेरोजगारको समस्या बढदै गएको तथा उनीहरुलाई नैतिक अनुसाशन सिकाउनका निम्ति तालिमको व्यवस्था गरिएको बताए ।

कार्यक्रममा स्थानापति नि.मा.वि.का प्रधानाध्यापक यमबहादुर गुरुङ, थन्कु देउराली आमा समुहका अध्यक्ष सुकनादेवी गुरुङ, स्थानापति निमावि व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर गुरुङ, खिलाङ पोखरा युवा समितिका अध्यक्ष झलक गुरुङ लगायतले आफ्नो भनाई राखेका थिए ।

रनध्वज गुरुङले सञ्चालन गरेको उक्त कार्यक्रम थन्कु देउराली युवा क्लबका अध्यक्ष कृष्णबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा मादी न्युज डटकम तथा तमू संसार पत्रिकाका सम्पादक रोशनी गुरुङले सहजीकरण गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

  • नौमती बाजा बजाउन तालिम लिँदै बागलुङका आमाहरू   

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    गलकोट (बागलुङ) । बागलुङका आमाहरूले नौमती बाजा बजाउन तालिम लिइरहेका छन् । यहाँका १२ जना महिलाले नौमती बाजा बजाउन एकमहिने…
  • जनजागृति आमा समूहमा शान्ति

    आदर्श समाज सम्वाददाता चैत्र ११, २०८०
    पोखरा । जनजागृति आमा समूह, पोखरा १९ पुरूञ्चौरको २७ औं वार्षिकोत्सव तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । शनिबार सम्पन्न…
  • सयपत्री फूलबाट धुप बनाउने सीप सिक्दै महिला   

    आदर्श समाज सम्वाददाता चैत्र ६, २०८०
    दमौली (तनहुँ) ।  तनहुँको आँबुखैरेनी गाउँपालिका–१ यान्चोकका महिलाले सयपत्री फूलबाट धूप बनाउने सीप सिकेका छन् । यान्चोक आमा समूह र…
  • अन्नपूर्णमा महिलाका लागि कानुनी सचेतना

    आदर्श समाज सम्वाददाता चैत्र ३, २०८०
    पोखरा ।  अन्नपूर्ण महिला सञ्जाल ढिकुरपोखरीको आयोजना तथा गाउँपालिकाको सहयोगमा बिहीबारदेखि नेतृत्व विकास तथा कानुनी सचेतना तालिम सुरु भएको छ…
  • सामूहिक ढाका बुनाइबाट आत्मनिर्भर बन्दै महिला   

    आदर्श समाज सम्वाददाता फागुन २९, २०८०
    ढोरपाटन ।  ताराखोला गाउँपालिकाका महिला सामूहिकरूपमा उद्यममा लागेका छन् । ताराखोला –२ अर्गलका महिलाले गाउँमै उद्यमी बन्ने उद्देश्यले ढाका उद्योग…

hero news full width