दैनिक उपभोग्य बस्तु खरिदमा उपभोक्ता अझैपनि तौलमा ठगिन्छन

आदर्श समाज सम्वाददाता
जेठ ६, २०७६
61037726_324823494878269_2722625394371985408_n

पोखरा, ६ जेठ । बजारमा दैनिक उपभोग्य बस्तु वा अन्य सामान खरिद गर्दा अझैपनि ढुंगा, ईट्टा, स्पिङ ब्यालेन्स, भारतीय ६ कुने ढकबाट तौलने प्रक्रिया बन्द नहुँदा आम उपभोक्ता ठगिने क्रम रोकिएको छैन । नापतौल कार्यालयले प्रभावकारी अनुगमन नगरेकै कारण बजारमा ब्यापारीले त्यस्ता ढक तराजुबाट उपभोत्ता ठगिएका छन् ।

देशको दुर्गम जिल्लाको शहरको कुरै नगरौ, देशका मूख्य शहर काठमाण्डौ, पोखरा, चितवन, विराटनगरमा पनि फूटपाथ देखि व्यापारिक कम्प्लेक्ससम्म नाप तौलमा उपभोक्ता ठगिने गरेका छन् । नाप तौल कार्यालयले प्रभावकारी अनुगमन र ठगि गर्ने व्यापारीलाई कडा कारवाही गर्ने हो भने यस्तो कार्य केही हदसम्म कम हुन्छ ।

एक्काइसांै सताब्दीका उपभोक्ताले कुनै पनि खाद्य बस्तु एवं सामान खरिद गर्दा तौलने यन्त्र नापतौल कार्यालयबाट प्रमाणित भएको हो वा हैन भन्ने बारेमा बुझ्न जरुरी छ । नाप्ने वा तौलने यन्त्र शुन्यमा रहे नरहेको,तौल कम रहेको शंका लागे पुनः नापतौल गर्न लगाउने र अन्य पसलमा तौल जाँच गर्न पनि पछि हट्न हुदैन ।

विश्व नापतौल दिवसका अवसर पारेर गुणस्तर तथा नापतौल कार्यालय पोखराले सोमबार यहाँका व्यापारी तथा उद्योगीलाई तौल सम्वन्धी शुनिश्चितता गर्न अन्तरक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ । नापतौल सम्वन्धी ऐन कानून र सजाय कडा बनेको जानकारी पनि उक्त अवसरमा दियएको थियो ।

एनेमा स्टाण्डर्ड नाप र तौल बाहेक अन्य नाप र तौल व्यवहारमा ल्याउन पाइने छैन, टाँचा नलागेको व्यापारिक नाप र तौलको विक्री वितरण वा प्रयोग गर्न निशेध छ, नापतौल वा नाप्ने तौलने यन्त्र प्रयोग गर्न अनुमति पत्र लिनु पर्ने छ । ईजाजतपत्र नलिई नापतौल वा नाप्ने तौलने यन्त्र मर्मत, बिक्री वा सेवा प्रदान गर्ने व्यवसाय गर्नु हुँदैन, माहेरबन्द गरिएका प्याकेजमा नाप वा तौल अंकित हुनु पर्ने छ ।

मोहरबन्द प्याकेजहरु (प्याकिङ गरिएका सामान) खरिद गर्नु परेमा प्याकेजमा उक्त सामानको खुद तौल, उत्पादक, उत्पादन मिति आदि रहे नरहेको यकिन गरी मात्र खरिद गर्नु पर्ने छ । निर्माण सामाग्री जस्तै सिमेन्ट, छड, पेन्ट, पेट्रोल पम्पबाट इन्धन खरिद, सुनचाँदी खरिद, आदि खरिदमा परिणम यकिन भएनभएको बुझ्न जरुरी छ ।

उक्त अवसरमा आधारपत्र प्रस्तुत गर्दै गुणस्तर तथा नापतौल कार्यालय पोखराका प्रमुख सन्तोष शर्माले स्टाण्डर्ड नापतौल ऐन २०२५ मा नापतौल वा परिमाणलाई कैफियत गरेमा कुनै पनि व्यापारीले तथा उद्योगीले सजाय भोग्नु पर्ने बताए ।

ऐनमा कुनै बस्तुको नाप वा तौलको आधारमा बिक्री वा कारेवार गर्दा जुन नाप वा तौलको परिमाणमा खरिदबिक्री वा कारोवार गरिएको हो वा सो नाप वा तौलको निश्चित गरेको परिमाण भन्दा घटीबढी गरी लिन लगाए वा दिए दिलाएमा एक बर्षसम्म कैद र दश हजार रुपैयाँसम्म जरिवाना छ ।

कसैले कुनै स्टाण्डर्ड नाप वा तौल वा नाप्ने वा तौलने यन्त्र जाली वा घटीवढी बनाए वा बनाउन लगाएमा वा त्यस्तो जाली वा घटीबढीमा नाप वा तौलने यन्त्र जानीजानी सक्कली रुपमा रुपमा व्यवहार गरे वा बिmी गरे, छाप, टाँचा जाली बनाएमा वा बनाउन लगायमा वा राखेमा तीन बर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिबान हुने शर्माले बताए ।

कास्कीका निमित्त प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले संविधानले आम नागरिकलाई खाद्य सुरक्षा, सूचना अधिकार, छनौटको अधिकार, सुनुवाइृको अधिकार, आधारभूत आवश्यकता र स्वच्छता वातावरण जस्ता अधिकार दिएको बताए । खाद्य ऐनमा ४० वटा कानूनहरु रहकेो जानकराी पनि उनले दिए ।

उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोइरालाले खाद्य स्वच्छता र नापतौलमा कैफियत गरेमा त्यस्ता उद्योगी तथा व्यापारीलाई कारवाहीको घेरामा ल्याउनु पर्ने बताए । अझैपनि सुनचाँदी, रड, सिमेन्ट, लगायतका तौलमा अनुगमनसमितिले प्रभावकारी काम गर्न नसकको बताए । अब उपभोक्ताले पनि कुनै पनि बस्तु खरिद गर्दा तौल र प्याकेटमा लेखिएको अनुसार नै खोज्न आग्रह गरे । उक्त अवसरमा संस्थागत रुपमा व्यवसायी, व्यापारी र उद्योगीको सहभागिता रहेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width