पोखरा, ६ जेठ । “जनता बैँकमा होइन बैँक जनतामा जानुपर्दछ” भन्ने मुल नाराका साथ मुक्तिनाथ विकास बैैँकले सँस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सोमवार पोखरा–१०, स्थित रामबजारमा अवस्थित “रामबजार जेष्ठ नागरिक मिलन केन्द्र” लाई ३५ थान कुर्चि हस्तान्तरण गरेको छ ।
उक्त सँस्थाका ९६ वर्षीय जेष्ठ नागरिक गौ बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि राम बजार यु.के. सोसाइटिका सल्लाहकार प्रेम वि.क.,विशेष अतिथि मुक्तिनाथ विकास बैँकका पोखरा क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रबन्धक बाबुराम ढकाल,सँस्थाका अध्यक्ष क्याप्टेन थमन थापा सहितको सँयुक्त उपस्थितिमा उक्त जिन्सी सामान वितरण गरेको हो ।
बैँकको अमरसिँह शाखा कार्यालयको समन्वयमा रामबजार जेष्ठ नागरिक मिलन केन्द्रलाई उक्त कुर्ची हस्तान्तरण गरिएको थियो भने कार्यक्रममा बैँकको तर्फबाट अमरसिँह शाखाका शाखा प्रमुख अशोक लामा र पोखरा अनुगमन अधिकृत नगेन्द्र राज पौडेलले सहजीकरण गरेका थिए ।
राम बजार जेष्ठ नागरिक मिलन केन्द्रका उपाध्यक्ष माया गुरुगले स्वागत मन्तव्य सहित कार्यक्रममा सहयोगी हातहरुलाई विशेष धन्यवाद प्रकट गर्नु भयो भने प्रमुख अतिथि तथा राम बजार यु.के. सोसाइटिका सल्लाहकार प्रेम वि.क.ले यस सँस्थाको उत्तरोत्तर प्रगतीको लागी बैँकले गरेको सहयोग सरहानीय रहेको मन्तव्य राख्नु भएको थियो । उक्त सँस्थाको प्राङ्गणमा वितरित कुर्चिबाट जेष्ठ नागरिकहरुलाई दैनिक रुपमा आरामदायी रुपमा बस्नको लागी थप सहयोग भएकोमा सँस्थाका अध्यक्ष क्याप्टेन थमन थापाले बैँकको प्रगतीको कामना सहित जेष्ठ नागरिकको आशिष र कामना सहित धन्यवाद व्यक्त गरेका थिए ।
कार्यक्रममा बोल्दै बैँकका पोखरा क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रबन्धक बाबुराम ढकालले “आफुलाई सबैले गर्छ भने अरुलाई बाटो देखाउनु नै समाज सेवा भएकोले” बैँकले व्यवसाय सँगै यस किसिमका सामाजिक कार्यमा हात हालेको बताए । उक्त कार्यक्रममा त्यस क्षेत्रका जेष्ठ नागरिकहरुको जेष्ठ नागरिकताको परिचय पत्र समेत पोखरा महानगरपालिकाको समन्वयमा वितरण गरिएको थियो ।
Related News
सम्बन्धित समाचार
चितवनमा एक लाख १६ हजार कुुखुरामा बर्डफ्लु पुष्टि
भिभो भी२३ई को मूल्य ३ हजार घट्यो
वैशाख २८ देखि नयाँ आइपिओ आउँदै
ग्यासको खपत घटाउन उपयुक्त माध्यम हुन सक्छ इलेक्ट्रिक प्रेसर कुकर
कोन सामुदायिक सहकारीमा १ सय २४ युनिट रगत संकलन
hero news full width
मुख्य समाचार
एमालेलाई जीत जोगाउनै सकस
जहाँ पुरानो जीत दोहोरिएन…
जेठ ३, २०७९तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी २ वडामा निर्वाचित
जेठ १, २०७९पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
जेठ १, २०७९पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै
जेठ १, २०७९काठमाडौंमा बालेन शाहकाे अग्रता कायमै
जेठ १, २०७९