रुपन्देहीको जंगलमा भेटियो शव

आदर्श समाज सम्वाददाता
जेठ ६, २०७६
sab vtiyo

बुटवल ६ जेठ । पुर्वपश्चिम राजमार्ग अन्तरगत रुपन्देहीको सालझण्डी जंगलमा एक पुरुषको शव भेटिएको छ ।

जिल्लाको सैनामैना नगरपालिका १० सालझण्डी सामुदायिक वनमा पुरुषको शब फेला परेको हो । अन्दाजी ३०–३५ वर्षको जस्तो देखिने पुरुषको शब स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवको पहिचान भएको छैन् । जंगल गएका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर प्राप्त गर्न साथ प्रहरी घटनास्थलमा पुगेको ईलाका प्रहरी कार्यलय बुटवलका डिएसपी डिल वहादुर मल्लले बताए ।

शवको प्रकृति हेर्दा हत्या गरेर फालेको जस्तो देखिएको प्रहरीको भनाई छ । शव रक्ताम्य अवस्थामा छ । कसैले हत्या गरेर फालेको हुन सक्ने आशंका स्थानियले गरेका छन । शव भेटिएको स्थान बुटवलवाट झण्डै १८ किलोमिटर पश्चिममा पर्दछ ।

Related News

सम्बन्धित समाचार

hero news full width