मेलमिलापकर्ताको भूमिका महत्वपूर्ण

आदर्श समाज सम्वाददाता
जेठ ६, २०७६
Nepal-SC_9230

लमजुङ, ७ जेठ । संविधानसभा सदस्य जमीन्द्रमान घलेले स्थानीयस्तरमा मेलमिलापकर्ताको भूमिका महत्वपूर्ण हुने बताएका छन् । स्थानीयस्तरमा मेलमिलापकर्ताका लागि ८ दिने प्रशिक्षणको उद्घाटन गर्दै उनले त्यस्तो बताएका हुन् ।

घलेले मेलमिलापका माध्यमद्वारा विवाद निरुपण गर्दा दुबै पक्षले जित÷जितको अवस्था महशुस गर्ने भएकोले मेलमिलापकर्ताको महत्वपूर्ण भूमिका रहने बताए । उनले अदालती प्रक्रिया लामो, खर्चिलो र झन्जटिलो हुने भएको हुँदा यस्ता तालिमबाट प्राप्त हुने सीप र दक्षता महत्वपूर्ण रहने उल्लेख गरे । कार्यक्रममा बेसीशहर नगर प्रमुख गुमानसिंह अर्यालले सेवा प्रवाहलाई प्रभावकारी बनाउन तालिमको आयोजना गरिरहेको बताए । उनले स–साना विवाद वडावाटै समाधान गर्न मेलमिलापकर्ता तयार गर्न लागिएको बताए ।

बेसीशहर नगरपालिकाको आयोजनामा मेलमिलाप सम्बन्धि आधारभूत तालिम बेसीशहरमा शुरु भएको छ । स्थानीयस्तरमा विवाद मिलाउन मेलमिलापकर्ताको भूमिका निभाउन रुची राख्नेलाई मेलमिलाप सम्बन्धि आधारभूत तालिममा प्रदान गर्न लागिएको हो ।

नगरपालिकाका न्याय समिति क्रियाशील भए पनि वडास्तरमा न्याय सम्बन्धि संयन्त्र नभएका कारण तालिम मार्फत मेलमिलापकर्ता उत्पादनगरी स्थानीय सरकारले दिने न्यायिक सेवालाई प्रभावकारी बनाउन तालिको आयोजना गरिएको बेसीशहर नगरपालिकाका प्रेस सल्लाकार कृष्ण के.सी.ले जानकारी दिए ।

उपप्रमुख लक्ष्मीदेवी अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा डा. मुक्ति रिजाल, बेसीशहर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन मरासिनी लगायतले तालिमको उपदेयताका बारेमा मन्तव्य व्यक्त गरेका थिए । तालिममा भूमिका सुशासन तथा विकास प्रतिष्ठान (आईजीडि)ले गर्ने सहजीकरण गरेको छ । तालिम ८ दिनसम्म सञ्चालन हुने नगरपालिकाका कार्यक्रम अधिकृत मेघेन्द्र पोखरेलले बताए । उनका अनुसार सो तालिममा नगरपालिकाका ११ वटै वडाका ३÷३ जनाका दरले ३३ जना र न्याय समितिका सदस्यसमेत ३५ जनाले भाग लिएका छन् ।

Related News

सम्बन्धित समाचार

  • सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठान आयोजनामा नेपाल–भारत सिमानाको सुनौलीबाट सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू भएको छ । कालीगण्डकी…
  • प्रदेश सरकार उलटपुलट

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारहरु अस्थिर बनेका छन् । केन्द्रमा सत्तागठबन्धनको समीकरण फेरिँदा त्यसको असरले विगतमा राम्ररी सञ्चालन…
  • दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल

    धनबहादुर गुरुङ वैशाख ४, २०८१
    पोखरा। ‘सेतो छडीले बाटो देखाउँछ तर ठाउँ चिन्दैन । आफू कुन ठाउँमा छु भनी सोध्न अरुलाई सोध्नुपर्ने बाध्यता थियो ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…
  • युनाइटेडद्वारा शैक्षिक तथा खेल सामग्री वितरण

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । युनाइटेड क्लब पोखराले पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।…

hero news full width