दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

रासस
जेठ ६, २०७६
bike_accident_zwm8KcXMPH

धादिङ, ६ जेठ । धादिङको नौबिसेमा मोटरसाइकल दुर्घटनामा चालकको आइतबार राति मृत्यु भएको छ ।

धार्केबजारबाट नौबिसेतर्फ जाँदै गरेको बा ३५ प ९३९१ नंको मोटरसाइकललाई एउटा अर्को गाडीले ठक्कर दिएपछि धुनीबेँसी नगरपालिका–१ का ३० वर्षीय दिपेश घलानको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकललाई ठक्कर दिने सवारी साधनको पहिचान नखुलेको र खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए घटनापछि बजारवासीले केहीबेर सडक अवरुद्ध गरेका थिए । प्रहरीले घटना गराउने सवारी साधन खोजी गर्ने बताएपछि राजमार्ग सञ्चालन भएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width