डाँकालाई गोली हानी प्रहरीले लियो नियन्त्रणमा

एजेन्सी
जेठ ६, २०७६
Part-DEL-Del6442493-1-1-0

काठमाण्डौ, ६ जेठ । प्रहरीले खुंखार डाका काले भन्ने बिष्णु तामाङलाई गोली हानेर नियन्त्रणमा लिएको छ।

महानगरीय अपराध महाशाखाको टोलीले सोमबार बिहान सवा ६ बजे कालेलाई काठमाडौँको टोखामा गोली हानेर नियन्त्रणमा लिएको हो। उनको घुँडामा गोली लागेको छ। घाईतेको बीर अस्पतालमा उपचार भईरहेको छ।

तत्कालिन डिआइजीद्वय जयबहादुर चन्द र विश्वराजसिंह शाहीसहित बुढानिलकण्ठ एरियाका दर्जनौ घरमा श्रृखलावद्व चोरी र डकैतीमा संलग्न काले ६ वर्ष जेल बसेर छुटेका थिए। कारागार मुक्त भएलगत्तै उनले उपत्यकाका ८ ठाँउमा डकैती गरेको आरोपमा महाशाखाको टोलीले खोजी रहेको थियो।

महाशाखा प्रमुख एसएसपी सहकुल थापाले नियन्त्रणमा लिन खोज्दा पेस्तोल तेर्साएपछि जवाफी कारवाही भएको बताए । उनले घाईते खुंखार र पेशेवर डाँका भएको बताए। ुहामीले खोजी रहेका थियौं, एसएसपी थापाले भने,ुपेस्तोल तेर्साएपछि गोली हानेर नियन्त्रणमा लिनु परेको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width