दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

रासस
जेठ ६, २०७६
download

चितवन, ६ जेठ । नारायणग–मुग्लिन सडकखण्डमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा आइतबार साँझ एकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा काठमाडौँ महानगरपालिका–८ बस्ने ३० वर्षीय अनुप खड्का रहेका छन ।

मुग्लिनबाट नारायणगढतर्फ जादै गरेको बा ७७ प ६६६३ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको ना ६ ख ५९७१ नम्बरको ट्रकले भरतपुर महानगरपालिका–२९ केराबारीमा ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट घाइते खड्काको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । ठक्कर दिने ट्रक प्रहरी नियन्त्रणमा रहेको छ भने चालक फरार रहेका छन ।

Related News

सम्बन्धित समाचार

hero news full width