माटाको शहरमा महोत्सव

rss रासस
जेठ ५, २०७६

पोखरा, ५ जेठ । माटाको शहर मुस्ताङको लोमन्थाङको प्रवद्र्धन गर्ने उद्देश्यका साथ यही जेठ १६ देखि १९ गतेसम्म महोत्सव हुने भएको छ ।

पोखरामा आइतवार पत्रकार सम्मेलनमा लोमन्थाङ गाउँपालिकाका प्रशासकीय अधिकृत सुशील अर्यालले लोमन्थाङको पर्यटकीय महत्वलाई उजागर गर्न महोत्सव आयोजना गर्न लागिएको जानकारी दिए । ‘कृषि, खेलकूद, संस्कृति, गुफा, दरबार, प्रथम लोमन्थाङ गाउँपालिका महोत्सव पर्यटनको आधार’ नाराका साथ आयोजना गर्न लागिएको महोत्सवका सहभागीले त्यहाँस्थित गुफामै बस्ने, खाने र रमाउन पाउने उनले बताए ।

माटै माटोबाट बनेका प्राचीन शैलीका घर वस्तीका कारण छुट्टै पहिचान बनाएको लोमन्थाङको प्राचीन संस्कृति, याकमा सवार, घोडादौड, होर्तो, तिर हान्ने, बोरा दौडलगायत प्रतियोगिता, मुसा बिरालो दौड, म्हने नाच आदि देखाइने छ ।

मुस्ताङको ऐतिहासिक तिजी मेलासमेत पर्ने भएकाले महोत्सवका सहभागीले त्यसको समेत अवलोकन गर्न पाउने छन् । महोत्सव सम्पन्न गर्न गाउँपालिकाका अध्यक्ष सुवर्णकुमार विष्टको संयोजकत्वमा २५ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । लोमन्थाङ आफैमा विशिष्ट पहिचानयुक्त स्थल भएका कारण यसको प्रचारप्रसारका लागि पनि महोत्सव आवश्यक भएको प्रदेशसभा सदस्य इन्द्रधारा विष्टले बताए ।

तपाइको विचार व्यक्त गर्नुहोस्

हाम्रो सुझाव

ढिकुरपोखरी तीजमेलाको तयारी तीव

लाखे नाच्ने मान्छे छैनन्

प्रदेश ५ मा बकरइद विदा

महेन्द्रपुलमा तायःमचा नृत्य हुने

प्रमुख समाचार

खुत्रुकेको पैसा आश्रममा

थप प्रमुख समाचार

बिश्व फोटोग्राफी दिवस प्रभातफेरी

टोलवासीको मन जित्न आग्रह

६ अधिकृत सहित १८ कर्मचारी छड्केमा