उद्यमशीलताबाटनै रोजगारी सृजना

आदर्श समाज सम्वाददाता
जेठ ५, २०७६
Entrepreneurship Training

पोखरा, ५ जेठ । उद्यमशीलता अभिबृद्धि गर्दै रोजगारी सृजना गर्ने उदेश्यले पोखरामा उद्यमशीलता तालिम शुभारम्भ गरिएको छ ।

पोखरा उद्योग वाणिज्य संघ तथा औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको आयोजनमा आइतबारदेखि पोखरामा त्यस्तो तालिम शुरु गरिएको हो । तालिममा कास्की सहित विभिन्न जिल्लाका ३२ जना प्रशिक्षार्थीले सहभागिता जनाएका छन् । तालिम जेठ १५ गतेसम्म संचालन हुने छ ।

तालिमको उद्घाटन गर्दै पोखरा उद्योग वाणिज्य संघका कार्यबाहक अध्यक्ष नारायण कोइरालाले स्वरोजगारसँग रोजगारी सृजनामा तालिम केन्द्रित रहेको बताए । आफूले आफ्नो जिम्मेवारी लिनु भनेको स्वरोजगार बन्नु हो भन्दै उनले व्यक्ति कुशल भए राष्ट्र र समाजले पनि लाभ पाउने विश्वास व्यक्त गरे ।

उद्यमशीलता विकास पोखरा उद्योग वाणिज्य संघको मुख्य लक्ष्य भएको बताउँदै उद्यमशीलता विकासको लागि आवश्यक पर्ने तालिम उपलब्ध गराउन संघ सधैँ तयार रहेको बताए । कार्यक्रममा बोल्दै औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका कामु निर्देशक रामप्रसाद तिवारीले ताालिम व्यवसायको सुरुवात भएको तर्क गर्दै सिकेका कुरा व्यवहारमा उतार्न आग्रह गरे ।

पोखरा उद्योग वाणिज्य संघका महासचिव अर्जुन पोखरेलले दक्ष जनशक्तिको अभाव पूर्तिको लागि पोखरा उद्योग वाणिज्य संघ सदैव प्रयत्नशील भएको बताए । संघका उपमहासचिव तथा तालिम व्यवस्थापन उपसमितिकी संयोजक चिनु गुरुङले आत्मनिर्भर बन्न सीप र दक्षता आवश्यक पर्ने उल्लेख गरिन् । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका बरिष्ठ अधिकृत समिता श्रेष्ठले व्यवसाय व्यवस्थापन र उद्यमशीलता तालिमले उद्यमशीलता विकासमा सहयोग पुगेको धारणा राखिन् ।

Related News

सम्बन्धित समाचार

hero news full width