करेन्ट लागेर युवकको मृत्यु

रासस
जेठ ५, २०७६
hindustan-improve-industries-infrastructure-station-assured-uninterrupted_f79ea590-0bd4-11e8-9ced-6b0f736beaca

गौशाला, ५ जेठ । महोत्तरी जिल्लाको सोनमा गाउँपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोनमा गाउँपालिका–४ गुलरिया गाउँ बस्ने राजाराम महतोका छोरा १८ वर्षीय शङ्कर महतो रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए ।

शनिबार साँझ आफ्नै घर नजिकै रहेको खेतमा पानी तान्ने मोटरबाट पानी लगाउने क्रममा अचानक मोटरको तारबाट करेन्ट लाग्दा घटनास्थलमै उनको मृत्यु भएको हो । मृतकको शव परीक्षणका लागि गए राति नै जिल्ला अस्पताल जलेश्वरमा ल्याइएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width