चट्याङका कारण २८ भेडा मरे

आदर्श समाज सम्वाददाता
जेठ ४, २०७६
Sheep-Barn-035301389

लमजुङ, ४ जेठ । लमजुङमा आएको चट्याङमा परेर २८ वटा भेडा मरेका छन् । जिल्लाको पूर्वीक्षेत्रमा पर्ने दूधपोखरी गाउँपालिका– १ मलेयाडाँडा लेकको घुम्ती गोठमा चट्याङ पर्दा २८ वटा भेडा मरेको सम्बद्ध किसानले बताएका छन् ।

दूधपोखरी गाउँपालिका– ६ र दोर्दी गाउँपालिका– ५ का किसानले पतिपुरे लेकमा सामुदायिक भेडापालन समूह गठन गरी सामूहिक रूपमा घुम्ती गोठ बनाएर भेडा पालेका थिए ।

हावाहुरी चलेको बेलामा अचानक आएको चट्याङले रुख ढाल्नुका साथै भेडा मारेको भेडी गोठका किसानले बताएका छन् । उनीहरूका अनुसार सो घटनाबाट साढे ५ लाख रुपैयाँ बराबरको क्षति हुन गएको छ ।

लमजुङको दूधपोखरी गाउँपालिका १ को लेक मलेया डाँडामा चट्याङले मारेका भेडापालन समूहका १३ किसान एक दिनको बाटो पैदल हिँडेर भेडीगोठ आफू समेत पुगेको दोर्दीका पशु स्वास्थ्य प्राविधिक विनोदप्रसाद कट्टेलले बताए ।

उक्त भेडीगोठमा ५ सय ५० भेडा र सय वटाभन्दा बढी बाख्रा रहेको दोर्दीका किसान दूरजंग गुरुङले जानकारी दिए । उनका अनुसार गोठमा दूधपोखरी गाउँपालिका– ६ को ओखरी, भीरकुना, साल्मे साथै दोर्दी गाउँपालिका– ५ को पाचोक, सिम्रुङ लगायत गाउँका २५ जनाका भेडा रहेका छन् । भेडा मरेको खबर पाएपछि प्रविधिक टोली त्यसतर्फ गएको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width