ससांरभरीका बौद्धमार्गीलाई लुम्बिनी आउन राष्ट्रपतिको निम्तो

Avatar आदर्श समाज सम्वाददाता
जेठ ४, २०७६

बुटवल ४ जेठ । लाखौं प्रर्यटक भित्र्याउने लक्ष्य सहित घोषणा गरिएको लुम्बिनी भ्रमण वर्ष २०७६ शुभारम्भ भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनीमा आयोजित बुद्धपूर्णिमा र लुम्बिनी भ्रमण वर्ष २०७६ शुभारम्भ कार्यक्रममा लुम्बिनी भ्रमण वर्ष शुरु भएको घोषणा गरिन् । उनले संसारभरका बौद्धमार्गीलाई बुद्धको जन्मभूमि लुम्बिनी घुम्न आउन निमन्त्रणा पनि दिइन् ।
उनले लुम्बिनीको विकासले प्रदेश ५ लाई मात्र नभएर सिंगो देशलाई नै समृद्ध बनाउनका लागि सकारात्मक भूमिका निर्वाह गर्ने बताईन् । राष्ट्रपति भण्डारीले लुम्बिनीलाई विश्वशान्तिको केन्द्र लुम्बिनी गुरुयोजना कार्यान्वयन गर्नु अहिलेको महत्वपूर्ण आवश्यकता रहेकोमा जोड दिईन् ।

स्थानीयको सहयोग र सहकार्यलाई सँगै लिएर अघि बढ्न आग्रह गर्दै राष्ट्रपति भण्डारीले गुरुयोजना छिटो पूरा गर्न ध्यानाकर्षण गराईन् ।

उनले बुद्धस्थलहरुलाई जोडेर आन्तरिक पर्यटकीय परिपथ र बाह्य मूलुकहरुसँग जोडेर वृहत पर्यटकीय परिपथ निर्माण गर्न सकिने बताउँदै सरकारलाई ध्यान दिन आग्रह गरिन् ।

बुद्धपूर्णिमालाई वैशाख दिवसका रुपमा विश्वभर मनाउने वातावरणका लागि पहल गर्ने सरकारलाई धन्यवाद दिइन् । लुम्बिनी क्षेत्रलाई विश्वस्तरको शैक्षिक केन्द्रको रुपमा प्रवद्र्धन गर्नुपर्ने बताउँदै उनले लुम्बिनी क्षेत्रमा शान्ति, स्थीरता कायम गर्दै जानुपर्ने बताइन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी क्षेत्रको विकास र प्रवद्र्धनका लागि सरकारले चरणवद्ध रुपमा कार्यक्रम सञ्चालन गर्ने बताए । उनले भने –यसको विकासका लागि सरकार गहन ढंगले लागिरहेको छ लुम्बिनीकाृ कायापलट हुन्छ ।

प्रधानमन्त्रीले लुम्बिनीलाई ध्यान र ज्ञान क्षेत्रको रुपमा विकास गर्दै विश्वसमुदायसँग अन्तरराष्ट्रिय सम्मेलन गर्नेबारे छलफल भइरहेको बताए । उनले लुम्बिनी क्षेत्रको तीब्रतर विकासका लागि अन्तरराष्ट्रिय समुदायको साथको आवश्यकता रहेको बताए ।
उनले बुद्धस्थलहरु कपिलवस्तुको तिलौराकोटलगायतका स्थलहरुलाई समान ढंगलाई विकास गर्दै लैजाने प्रतिवद्धता जनाए ।
कार्यक्रममा बोल्दै प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले बुद्ध जन्मस्थल लुम्बिनीको काम तीब्र गतिमा हुनुपर्ने बताउँदै अन्य बुद्धस्थलहरुको समेत उत्खनन् र तथ्यहरु बाहिर ल्याउनुपर्ने बताए ।

कार्यक्रममा बोल्दै प्रदेश ५ का पर्यटनमन्त्री लिला गिरीले प्रदेश ५ सरकारले लुम्बिनी क्षेत्रको प्रवद्र्धनका लागि भ्रमण वर्ष घोषणा गरेको र यसले प्रदेश ५ समृद्ध बन्ने आधार तयार पार्न सहयोग पुग्ने बताए । लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले अबको ३ वर्षमा लुम्बिनी गुरुयोजना पूरा हुने र त्यसपछि लुम्बिनीको मुहार परिवर्तन हुने बताए ।

लुम्बिनी जाने सडकभरी बुद्ध मुर्ति

भ्रमण वर्ष सफल बनाउन लुम्बिनीमा मात्र होईन आसपासका क्षेत्रमा पनि प्रचार प्रसार तिव्र पारिएको छ ।

प्रचारकैशैलीलाई प्रभावकारी बनाउन रुपन्देहीका स्थानिय सरकार आफ्नो क्षेत्रका मुख्य सडकमा बुद्ध मुर्ति राखेका छन् । सोहि सडक भएर लुम्बिनी जाने पर्यटकहरुले देख्ने गरि सडकमा एकै खालका बुद्ध मुर्ति राखिएको छ । कतिपय स्थानमा यस्ता मुर्ति राख्ने काम भैरहेको छ । बुटवलको सिमानाका योगिकटीवाट मणिग्रामसम्म २२ वटा बुद्ध मूर्ति राखिएको छ । प्रदेश सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ लाई सफल बनाउन भन्दै तिलोत्तमा नगरपालिकाले यस्ता मुर्ति राखेका हो ।

योगिकुटीदेखि मणिग्राम कफि कम्पनीसम्म दुर्य दुई सय मिटर दुरीको अन्तरमा बुद्धमूर्ति स्थापना गरीएको तिलोत्तमा नगरपालिकाका उपप्रमुख जागेश्वरी चौधरीले बताईन् ।

सिद्धार्थ राजमार्गको बुटवल भैरहवा सडकखण्डको २४ किलोमिटर अन्तरगत ११ किलोमिटर क्षेत्रफल तिलोत्तमा नगरपालिकामा पर्दछ । बाकी रहेको क्षेत्रमा तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्षको शुरुमै बुद्धमूर्ति राख्ने योजना बनाएको छ । तिलोत्तमा नगरपालिकाले मात्र होईन सडकको बिचमा बुद्धमूर्ति राख्ने काम छिमेकी सिद्धार्थनगर नगरपालिकाले पनि सुरु गरेको छ ।

स्थलमार्गबाट सबैभन्दा बढी पर्यटक आउने नाका समेत रहेको सिदार्थनगरलाई बुद्धमय बनाउने उद्देश्यसहित मूर्ति राख्न शुरु गरिएको हो । ३ जेठ मा कलात्मक धातुबाट बनेका दुई वटा बुद्ध मूर्ति राखेर बुद्धमय बनाउने अभियानको थालनी गरिएको हो । नगरपालिकाका मेयर हरि प्रसाद अधिकारीका अनुसार ३ लाख ७५ हजार रुपैयाँ लागतमा एउटा मूर्ति बनाएर राख्न थालिएको छ । सुरुमा दुईवटा मूर्ति राखिए पनि एक महिनाभित्रै १० मूर्ति राखिने छ ।

बिक्रम खड्का

तपाइको विचार व्यक्त गर्नुहोस्

हाम्रो सुझाव

पत्रकार महासंघमा तालावन्दी

कानूनी सचेतना तथा महिला शशक्तिकरण तालिम

प्रमुख समाचार

पत्रकार महासंघमा तालावन्दी