बाबा फाउन्डेशनद्वारा शैक्षिक सामाग्री वितरण

आदर्श समाज सम्वाददाता
जेठ ४, २०७६
unnamed

पोखरा, ४ जेठ । बाबा फाउन्डेशन नेपालले सामुदायिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

फाउन्डेशनका अध्यक्ष दिलिपराज श्रेष्ठ र उपाध्यक्ष सरिता ताम्राकारको जन्मदिनको सन्दर्भमा शनिबार पोखरा महानगरपालिका अन्तर्गतका विभिन्न १२ वटा सामुदायिक विद्यालयमा अध्ययनरत ६० जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको हो ।

फाउन्डेशनका कार्यक्रम संयोजक दीपक वि.क. का अनुसार ‘वातावरणमैत्री र बालमैत्रीका लागि बाबा फाउन्डेशनको अभियान’ भन्ने नाराका साथ आरम्भ गरिएको अभियानबाट हालसम्म करिब ११ सय जना विद्यार्थी प्रत्यक्षरुपमा लाभान्वित भएका छन् । मौजुदा शैक्षिक सत्रमा करिब पाँच सय विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिने योजना रहेको फाउन्डेशनका सचिव टंकराज अधिकारीले बताए ।

सरकाले निःशुल्क शिक्षाको व्यवस्था गरे पनि शैक्षिक सामाग्रीको अभावमा विद्यालय जानबाट वञ्चित विद्यार्थीको समस्या हल गर्न बाबा फाउन्डेशन सफल भएको पोखरा महतगौंडास्थित जानकी माविका विद्यालय व्यवस्थापन समितिका सदस्य दिलुमाया भण्डारीेको भनाई छ ।

फाउन्डेशनमार्फत् बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरी जन्मदिन रमाउन पाउँदा खुशी लागेको फाउन्डेशनका अध्यक्ष दिलिपराज श्रेष्ठ र उपाध्यक्ष सरिता ताम्राकारले बताउनु भयो ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. ३ का वडाध्यक्ष रवीन्द्र बहादुर प्रजुले फाउन्डेशनले शैक्षिक क्षेत्रमा गरेको योगदानको मुक्तकण्ठले प्रशंसा गर्दै शैक्षिक गुणस्तर अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।

रोटरी क्लब अफ पोखरा न्यूरोडका अध्यक्ष पुष्पकमल पौडेलले विद्यार्थीहरुको शैक्षिक विकासमा सहयोग पुर्याउन फाउन्डेशनले चालेको अभियानमा गरिएको सहकार्य र सहभागिताले गौरवानूभूति महशुस भएको बताए ।

फाउन्डेशनले पोखरा महानगरपालिकाभित्रका ३३ वटै वडामा सम्बन्धित वडा कार्यालयको सिफारिसमा १०/१० जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गर्दै आएको छ । शनिवार मात्र पोखरा महानगरपालिकाका वडा नं १, ३, ९, १४, १७, १९, २६ का विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत ६० जना गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।

Related News

सम्बन्धित समाचार

  • वर्षाले हिलाम्मे पोखरा प्रवेशमार्ग

    धनबहादुर गुरुङ चैत्र १६, २०८०
    पोखरा ।  पर्यटकीय राजधानी पोखरालाई संघीय राजधानी सहरसँग जोड्ने पृथ्वी राजमार्ग स्तरोन्तति कार्य जारी नै छ । आँबुखैरेनी–पोखरा करिब ८०…
  • असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    ढोरपाटन । खिया लागेका जस्तापाता, उप्किएका भित्ता, धमिराले छियाछिया भएका झ्याल ढोका । छानामा ढुंगाहरूले प्लास्टिक अठ्याइएको छ । यो…
  • गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । गण्डकी प्रदेश सरकारले आउने वर्ष अर्थात् २०८१ सालमा ३ दिन बिदा दिने निर्णय गरेको छ । संघीय सरकारलेभन्दा…
  • किरिया बसेका दाजुभाइ परीक्षामा

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    स्याङ्जा। किरियामा बसेका २ दाजुभाइ एसइईमा सहभागी भएका छन् । पुतलीबजार नगरपालिका ४ स्थित सरस्वती मावि परीक्षा केन्द्रबाट संगम क्षत्री…
  • सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) बिहीबारदेखि सुरु भएको छ । चैत २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको…

hero news full width