पर्यटकीय क्षेत्र लेकसाइडमा एक महीने कुक तालिम

आदर्श समाज सम्वाददाता
जेठ ४, २०७६
Redcross t (1)

पाेखरा, ४ जेठ । नेपाल रेडक्रस सोसाईटी वैदाम उपशाखाद्वारा आयोजित तथा पोखरा महानगरपालिका वडा नं ६को सहयोगमा दलित तथा उत्पीडीत वर्गका व्यक्तिलाई एक महिने कुक तालिमको सुरु भएको छ ।

उक्त तालिमको एक समारोह वीच पोखरा —६ बैदामका अध्यक्ष जगत वहादुर पहारीले उद्घाटन गरेका हुन् । सो अवसरमा प्रमुख अतिथि पहारीले समाजमा रहेको बेरोजगारीको न्यूनीकरण र आय आर्जनमा बुद्धि गर्न तालिमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

तालिममा १५ जना प्रशिक्षार्थीे सहभागी छन् । सामुदायिक सेवा केन्द्र बैदाका अध्यक्ष मिना भट्राई, वडा ६ का वडा सचिव सविता ढुङ्गाना, प्रशिक्षक संजीव सुनार तथा पश्चिमाञ्चल होटल संघका प्रथम उपाध्यक्ष लक्ष्मण सुवेदीले तालिको विषयमा बोलका थिए ।

नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला शाखाका सदस्य तथा कार्यक्रमका संयोजक मंगल बहादुर नेपालीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य बैदाम उपशाखाका सभापति गिरीराज अधिकारीले गरेका थिए भने सञ्चालन बैदाम उपशाखाका सहसचिव तुलसी दाहालले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width