अध्यक्ष गोइतको घरमा बम विष्फोट

rss रासस
जेठ ४, २०७६

राजविराज, ४ जेठ । अज्ञात समूहले सप्तरीको बलान बिहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतको घरमा गए राति प्रेसर कुकर बम विष्फोट गराएको छ ।

सो समूहले अध्यक्ष गोइतको घरसँगैको प्रतिक्षालयमा बम विष्फोट गराएको प्रहरी नायब उपरीक्षक भावेश रिमाललले जानकारी दिए । बम विष्फोटनबाट प्रतिक्षालयमा रहेको टेबुल, कुर्सी र फर्निचरको जलेर नष्ट हुनाका साथै उनका काका श्याम गोइत घाइते भएका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

बम विष्फोटनबारे अनुसन्धान भइरहेको र बम विष्फोट गराउने समूह भारतीय सिमानाबाट भाग्न सक्ने भएकाले सो सिमानामा समेत प्रहरी परिचालन गरी खोजी कार्य तीव्र पारिएको प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताए ।

तपाइको विचार व्यक्त गर्नुहोस्

हाम्रो सुझाव

करेण्ट लागेर २ को मृत्यु, १ घाइते

देवि ढकाल मृत फेला

प्रमुख समाचार

परिवर्तन बिरोधीहरु राजतन्त्र फर्काउने कसरतमा छन्– नेपाल