आज बुद्ध जयन्ती,लुम्बिनीमा विशेष समारोहको आयोजना, राष्टपतीले सम्बोधन गर्ने

आदर्श समाज सम्वाददाता
जेठ ४, २०७६
buddha jayaenti

बुटवल ४ जेठ । वैशाख शुक्ल पूर्णिमाका दिन आज देशभर २५६३औँ बुद्ध जयन्ती भगवान् गौतम बुद्धप्रति आस्था प्रकट गरी मनाइँदैछ ।

गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रूपमा लिने गर्छन् । बुद्धजयन्तीका अवसरमा बुद्ध जन्मस्थल लुम्विनीमा आज बुद्धजयन्ती मूल समारोह आयोजना गरीएको छ ।

लुम्विनी आयोजित बिभिन्न कार्यक्रममा सहभागि हुन प्रधानमन्त्री ओली शुक्रवार नै लुम्विनी आएका छन् । हिजो साझ लुम्विनीमा दीप प्रज्वलन गरेका प्रधानमन्त्री ओली ले आज विहान मायादेबि मन्दिरमा बिशेष पूजा अर्चना गरे । उनलृ शान्ती र्यालीको शुभारम्भर्,े भिक्षु भिक्षुणीहरुलाई भोजन दान र बृक्षारोपण गरेका छन् । आजै सबै भन्दा ठूलो राष्टिय झण्डाको झण्डोत्तोलन गरी उदघाटन गर्ने कार्यक्रम पनि रहेको लुम्विनी बिकास कोषका कोषाध्यक्ष सुरेन्द्रमुनी शाक्यले जानकारी दिए ।

बुद्धजयन्तीका अवसरमा आयोजना हुने बिशेष समारोहका प्रमुख अतिथि राष्टपति बिद्यादेबि भण्डारी केहिवेरपछि हेलिकप्टरबाट लुम्विनी आउने कार्यक्रम रहेको छ । राष्टपति भण्डारीले प्रदेश ५ को सरकारले घोषणा गरेको लुम्विनी भ्रमण वर्ष २०७६को औपचारिक शुभारम्भ गर्नुे कार्यक्रम पनि रहेको छ । लुम्बिनीमा भिआईपीहरुको उपस्थिती रहेकोले सुरक्षा व्यवस्था निकै कडा बनाईएको छ । केहि वेर सर्वसाधारणहरुलाई मायादेवी मन्दिर दर्शनमा पनि रोक लगाईने कार्यक्रम रहेको छ । आज लुम्बिनीमा दशौ हजारको सहभागिता रहने अपेक्षा पनि गरिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width