सरकार अधिनायकवादतर्फ अगाडि वढ्यो –भट्टराई

आदर्श समाज सम्वाददाता
जेठ ३, २०७६
p 333

पोखरा, ३ जेठ । समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईले केपी नेतृत्वको नेकपा सरकार अधिनायकवाद तर्फ अगाडी वढेको आरोप लगाएका छन् ।

समाजवादी पार्टी नेपालको प्रादेशिक अभिमुखीकरण कार्यक्रमलाई शुक्रवार पोखरामा सम्वोधन गर्दै अध्यक्ष भट्टराईले भने–वर्तमान सरकारबाट जनताले समृद्धि र विकासको आशा गर्न वेकार छ ।

उनीहरु नवसामन्त र महाराजा बनेका छन्, उनीहरु भ्रष्टाचार र कमिशनतन्त्रमा लिप्त छन्, नवधनाढ्य भएका छन्, भट्टराईले भने– आम नागरिकले विकल्पको रुपमा नयाँ राजनीतिक पार्टी खोजिरहेको छ ।

नेपाली काँग्रेसको युग सकियो, प्रजातन्त्र स्थापनामा उसको भूमिका रह्यो अब काँग्रेस पार्टीलाई म्यूजीयममा सम्मान गरेर राख्नु पर्छ , भट्टराईले भने– जनताको समृद्धि र विकास गर्न नयाँ पार्टीको रुपमा समाजवादी पार्टी अगाडी वढ्ने छ ।

वि.स. २००७ सातदेखि भएका आन्दोलनले नेपालमा लेख्ने र वोल्ने अधिकार त प्राप्त भयो तर समावेशी लोकतान्त्रिक गणतन्त्र प्राप्त हुन सकेन । आम नागरिकले भ्रष्टाचार मुक्त सुशासन, समृद्धि र विकास चाहेका छन् त्यो वर्तमान सरकारले एक बर्ष वितिसक्दा पनि दिन सकेन भट्टराईले भने– वैशाख २३ गते एकीकरण भएको समाजवादी पार्टी अव नयाँ ढंगबाट अगाडी वढ्ने छ ।

समाजवादी पार्टी नेपालका अध्यक्ष तथा उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले वर्तमान सरकारले संविधान संशोधनमा गरेको सहमति कार्यान्वयन गरेन भने सरकारबाट बाहिरीएर सडक सघंष गर्ने चेतावनी दिए ।

सरकार आफैले गरेको सम्झौता र प्रतिवद्धता पुरा गर्दैन भने मैले के भन्न सक्छु र ? यादवको प्रश्न थियो । वर्तमान सरकार नै संघीय गणतन्त्र सफल हुदैन भनेर प्रचारमा जुटेको आरोप पनि यादवको थियो ।

संघीयता गरीब, मधेशी, आदिवासी जनजाति, सिमान्तकृतका लागि, लोकतान्त्रिक गणतन्त्रबाट प्राप्त अधिकारलाई जोगाएर थप अधिकारका लागि संघर्ष गर्नु पर्नेमा उनले जोड दिए ।

समाजवादी पार्टीका बरिष्ठ नेता अशोक राईले नेपालमा रहेको संघीयता अपाङ्ग रहेको छ यसलाई बलियो बनाएर अगाडी वढ्नुको विकल्प नभएको बताए । मुलुकले लिएको आर्थिक नीति गलत छ यसले देशको विकास र समृद्धि सम्भव छैन, राईले भने– नेकपा उल्टो गतिमा अगाडी वढ्दै छ ।

दुई पार्टी वैचारिक रुपमा एकता भएको छ, यो सार्थक रुपमा अगाडी वढ्छ, उनले भने अव सांगठानिक रुपमा पनि अगाडि वढ्छ, उनले भने– गुटहरु मिलाउन पार्टी एकता भएको हैन ।

Related News

सम्बन्धित समाचार

hero news full width