शैक्षिक सामग्री वितरण

एजेन्सी
जेठ ३, २०७६
siddhar_Fotor

सिद्धार्थ क्लब पोखराको आयोजनामा रुपा गाउँपालिका–४ ढुङ्गेगाडा, गौरीपोखरीस्थित महेन्द्र आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरिएको छ।

प्रमुख अतिथि वडाध्यक्ष मुकुन्दबहादुर वंशीले वडा कार्यालयले विद्यालयको संरक्षण, सुधार एवं गुणस्तर सेवा प्रदान गर्ने सन्दर्भमा सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे।

सिद्धार्थ क्लब अध्यक्ष विनोदप्रसाद श्रेष्ठले सहयोगले सरकारी विद्यालयमा विद्यार्थीको उपस्थिति संख्या बृद्धि हुनुका साथै गुणस्तरीय शिक्षा प्राप्तिमा सहयोग मिल्ने बताए।

शिक्षक अभिभावक संघका अध्यक्ष कृष्णप्रसाद रेग्मी, विद्यालयका प्रधानाध्यापक राजबहादुर शाहीले क्लबले विद्यालयमा गरेको सहयोगको प्रशंसा गर्दै विद्यालयले आफ्नो तर्फबाट शैक्षिक गुणस्तर तथा सुधारका कार्यक्रमप्रति सक्रिय रहने बताए।

सो अवसरमा विद्यालयका ४६ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको थियो।

क्लब सचिव प्रमोदनारायण श्रेष्ठले संचालन गरेको कार्यक्रममा स्वागत निवर्तमान अध्यक्ष रवि मर्सानीले गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width