बौदीकालीमा टेक्टरबाट खसेर एक जनाको मृत्यु

आदर्श समाज संवाददाता
जेठ २, २०७६
Tractor_accident.2e16d0ba.fill-650×500

नवलपरासी , २ जेठ । पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिकाको वडा नं. २ को वडा कार्यालय नजिकै बुधबार साँझ ग १ त ५१७४ नम्बरको ट्याक्टरबाट खसेर एक जनाको निधन भएको छ ।

बौदीकाली २ निवासी १६ बर्षीय सुदीप नेपालीको मृत्यु भएको हो । स्थानीय बासिन्दाका अनुसार ट्याक्टरबाट अचानक खसेर गम्भीर घाइते भएका नेपालीलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र डेढगाउँ लगेकोमा स्वास्थ्य केन्द्रका चिकित्सकले मृत घोषणा गरेको थिए । ट्याक्टर र ट्याक्टर चालक प्रहरी नियन्त्रणमा रहेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width