खेलकूद सामाग्री हस्तान्तरण

Avatar आदर्श समाज सम्वाददाता
जेठ २, २०७६

पोखरा, २ जेठ । हिमालय क्लब पोखरा– १६ बाटुलेचौरलाई नेपाल भारत मैत्री युवा सोसाइटीले विहीबार खेलकुद सामाग्री प्रदान गरेको छ ।

क्लबमा आयोजित कार्यक्रममा फूटबल, भलिबल, ह्याण्डबल, स्कोर बोर्ड, टि–सर्ट, भलिवल नेट सोसाइटीका सल्लाहकार युवा राजनीतिकर्मी गुरु बरालले क्लबका अध्यक्ष मोहनबहादुर थापालाई हस्तान्तरण गरेका थिए ।

खेल मैत्री समाज निर्माणमा हाम्रो अभियान भन्ने मूल नाराका साथमा आफूले खेलकुद सामाग्री वितरण गरी युवालाई खेलकुद तर्फ लाग्न अभिप्रेरणा जारीराखेको र यस्ता कार्यक्रमलाई निरन्तरता दिइरहने युवा नेता गुरु बरालले बताए ।

क्लबका अध्यक्ष मोहनबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लबका आजीवन सदस्य मदन बस्नेत, मानार्थ सदस्य उदयबहादुर बस्नेत, सचिव प्रकाश थापा लगायतकाले बोलेका थिए ।

तपाइको विचार व्यक्त गर्नुहोस्

हाम्रो सुझाव

टिभिएस अपाचे चौथो पोखरा स्पोर्टस् अवार्ड

भलिवलमा भकुण्डे युथ क्लब प्रथम

प्रमुख समाचार

त्रिशूलीमा बस खस्दा पाँचको मृत्यु, २९ घाइते

थप प्रमुख समाचार