वालवालिकाको निःशुल्क स्वास्थ्य परीक्षण

आदर्श समाज सम्वाददाता
जेठ १, २०७६
shishuvsir

पोखरा, १ जेठ । पोखरा–६ वैदाममा बालबालिकाको निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरिएको छ ।

शिशु विकास तथा स्याहार केन्द्रद्वारा बुधवार बालबालिकाको स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरिएको हो । उक्त कार्यक्रमको शुभारम्भ पोखरा–६ का वडा अध्यक्ष जगत बहादुर पहारीले गरेका थिए ।

शिशु बिकास तथा स्याहार केन्द्र हुने खानेको भन्दा पनि हुदा खानेको भएकाले केन्द्रको स्तर उन्नतिको लागि सबै लाग्नु पर्नेमा पहाडरीले जोड दिए । स्थानीय ब्यक्तिहरुको चन्दा र सहयोगबाट स्याहार केन्द्र संञ्चालन हुदै आएको कुरामा उनले जोड दिए ।
केन्द्रले आफ्नै प्राङगणमा गरेको स्वास्थ्य परीक्षणमा ५३ जना बालबालिकाको स्वास्थ्य परीक्षण सहित निःशुल्क औषधि वितरण गरिएको स्वास्थ्य संयोजक तथा हेल्थ कोडिनेटर धर्मराज थापाले जानकारी दिए ।

पर्यटन ब्यवसायी तथा बटरपफ्लाई फाउन्डेसनका अध्यक्ष गोविन्द्रराज पहारीले स्यहार केन्द्रको प्रशंसा गर्दै पर्यटकीय क्षेत्र लेकसाइडमा मजदुरहरुको बसोबास अत्याधिक हुँदा उनीहरुका बालबालिकाको रेखदेख यस्ता केन्द्रले सहयोग पुग्ने बताए ।
बालबालिका लक्षित सचेतना कार्यक्रममा युथ एक्टिभ नेपालकी सदस्य स्मृति बरालले कार्यपत्र प्रस्तुत गर्दै आधुनिक संचारका माध्यम ल्यापटप र मोवाइल प्रयोगले युवा तथा बालबालिकाले नकरात्मक हत्या र आत्महत्या जस्तो बाटो रोज्ने गरेको बताइन ।

अध्यक्ष अनिल थापाले यस्ता किसिमका कार्यक्रमले युवा बालबालिकालाई नकरात्मक बाटो छोडेर सकरात्मक बाटोमा हिडन प्रेरित गर्नुपर्नेमा जोड दिए । उक्त अवसरमा विष्णु के.सी.मिना ढकाल, विनित बराल,नागरिक समाजका अध्यक्ष बिष्णु हरि अधिकारी, नगरबालबालिका अध्यक्ष मंगल बहादुर नेपाली, रेडक्रस उपसाखाका अध्यक्ष गिरिराज अधिकारी, गणेशबहादुर ढकाल र वडा सदस्य विष्णु बहादुर भट्टराई लगाएतका बक्ताले बालबालिकको संरक्षंणका लागि गरेको कामको प्रशंसा गर्दै आफ्ना भनाई राखेका थिए ।

Related News

सम्बन्धित समाचार

  • प्रदेश सरकार उलटपुलट

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारहरु अस्थिर बनेका छन् । केन्द्रमा सत्तागठबन्धनको समीकरण फेरिँदा त्यसको असरले विगतमा राम्ररी सञ्चालन…
  • दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल

    धनबहादुर गुरुङ वैशाख ४, २०८१
    पोखरा। ‘सेतो छडीले बाटो देखाउँछ तर ठाउँ चिन्दैन । आफू कुन ठाउँमा छु भनी सोध्न अरुलाई सोध्नुपर्ने बाध्यता थियो ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…
  • युनाइटेडद्वारा शैक्षिक तथा खेल सामग्री वितरण

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । युनाइटेड क्लब पोखराले पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…

hero news full width