तीन दिन मौसम सफा रहने

एजेन्सी
जेठ १, २०७६
DSC08460-2

पोखरा, १ जेठ । पोखरा एवं काठमोडौ उपत्यकासहित देशभर बुधवार मौसम सफा रहेको मौसमविद्ले बताएका छन् ।

मौसमविद्का अनुसार पूर्व र पश्चिमका पहाडी क्षेत्रमा आंशिक बदली देखिए पनि अधिकाशं भागमा पानी परेको छैन । साँझपख भने देशका केही स्थानमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले बताए।

पानी नपरेका कारण तराई क्षेत्रमा तापक्रम केही बढेको भए पनि साँझतिर मौसम बदली हुने भएकाले गर्मी बढ्न नपाउने उनको अनुमान छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पूर्वी र मध्य भू–भागका थोरै स्थानमा र पश्चिम पहाडी भू–भागका एक÷दुई स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ।

प्रि–मनसुन भएकाले वर्षासँगै चट्याङ र हुरीको सम्भावना स्वतः रहने वरिष्ठ मौसमविद् पौडेलको भनाइ छ। ‘तर त्यस्तो डराउनुपर्ने खालको भने होइन,’ उनले भने। तीन दिन मौसममा सुधाभई मौसम सफा रहने अनुमान गरिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width