चट्याङ लागेर सञ्जुको मृत्यु

एजेन्सी
जेठ १, २०७६
CHATANG

उर्लाबारी,१ जेठ । हावाहुरीसँगै परेको चट्याङ लागेर मोरङको रतुवामाई नगरपालिका–४ मा मंगलबार एक महिलाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठका अनुसार बिहान हावाहुरीसँगै परेको चट्याङ लागेर ५० वर्षीया सञ्जुदेवी गनगाई सिंहको मृत्यु भएको हो ।

चट्याङका कारण सिंहका परिवारका सदस्य ५० वर्षीय बुधलाल सिंह र १५ वर्षीय सुरेश सिंह घाइते भएका छन। घाइते दुवैको स्थानीय स्वास्थ्य संस्थामा उपचारपछि घर लगिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width