ट्युव टायर मर्मत व्यवसायी एशोसिएसनमा बस्ताकोटी

आदर्श समाज सम्वाददाता
वैशाख ३१, २०७६
tyre & tube (2)

पोखरा, ३१ बैशाख । ट्युव टायर मर्मत व्यवसायी एशोसिएसन कास्कीको ७ औं अधिवेसन तथा १४ औं साधारणसभा शनिवार सम्पन्न भएको छ ।

अधिवेशनले चन्दे्रश्वर बस्ताकोटीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । अध्यक्षका अर्का प्रत्यासी सुरेश लामिछानेलाई पराजित गर्दै वस्ताकोटी अध्यक्षमा निर्वाचित भएका हुन् ।

एशोसिएसनको उपाध्यक्षमा मोहन श्रेष्ठ, सचिव मेख बहादुर नेपाली, कोषाध्यक्ष हरी राना मगर, सदस्यहरुमा केशव बहादुर श्रेष्ठ, प्रेम बहादुर वि.क, रामचन्द्र गिरी रहेका छन् ।

कार्यक्रममा वोल्दै पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नारायण कोइरालाले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गरे । कार्यक्रममा गण्डकी अटोमेकानिकलका प्रतिनिधि, सुरेश हुमागाई लगायतले वोलेका थिए । नरबहादुर राना मगरको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव सुरेश लामिछानेले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width