तनहुँ, ३१ वैशाख । तनहुँको भिमाद नगरपालिकामा एक दिने सहकारी ऐन, नियमावली र सहकारी बैंक सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
राष्ट्रिय सहकारी बैक लिमिटेड दमौली शाखाद्वारा आयोजित कार्यक्रममा भिमाद नगरपालिकाका उपप्रमुख शारदा खनालले गरेका थिए । सो अवसरमा बोल्दै उनले सामाजिक न्याय सहितको व्यवसाय गर्ने क्षेत्र सहकारी भएकाले सहकारीलाई वेवास्ता गरेर समृद्धि संभवन नभएको बताए ।
स्थानीय सरकारलाई बलियो बनाउनका लागि सहकारीको प्रवद्र्धन गर्नु पर्नेमा जोड दिदै उनले सहकारीलाई वेवास्ता गरेर स्थानीय सरकार बलियो बन्न नसक्ने धारणा राखे ।
जनतासंग प्रत्यक्ष सम्बन्ध भएको, वित्तीय कारोबार लगायत उत्पादन, प्रशोधन र बजारीकरणका लागि सहकारी र स्थानीय तहबीच सहकार्य हुनु पर्नेमा जोड थियो । सहकारी बैंक र स्थानीय तहहरुबीच सहकार्य गरेर सहकारी संघ संस्थालाई व्यवस्थित बनाउन पहलकमदी आवश्यक रहेको उनको भनाइ थियो ।
कार्यक्रममा सहकारी ऐन, नियमावली र राष्ट्रिय सहकारी बैंक विषयमा बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसीले सहजीकरण गरेका थिए । सञ्चालक जिसीले सहकारी संघ संस्थाहरुको वित्तीय क्षमता विकाससंगै संस्थागत विकास र सहकारीकर्मीहरुको क्षमता विकासका लागि सहकारी बैंकले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
Related News
सम्बन्धित समाचार
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
कास्कीका सहकारी पीडित एउटै मोर्चामा, बन्यो संयुक्त संघर्ष समिति
न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार
गरिमा र टान गण्डकीबीच सम्झौता
न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार
hero news full width
मुख्य समाचार
कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार
वैशाख ११, २०८१लोकतन्त्रका १८ वर्ष : लोकतन्त्रले छोएन लोकलाई
वैशाख ११, २०८१कामचलाउ सरकारको आयु लम्बियो
वैशाख ११, २०८१गण्डकी सरकारविरुद्दको मुद्दा हेर्दाहेर्दैमा, आज टुंगो लागेन
वैशाख १०, २०८१कतारी राजा नेपाल आउने दिन भोलि सार्वजनिक बिदा
वैशाख १०, २०८१