कास्की, ३१ वैशाख । विसं २०६९ वैशाख २३ गते शनिबार सार्वजनिक विदाको दिन भएकाले माछापुच्छ«े गाउँपालिका–१ र २ स्थित सेती नदीको किनारमा रहेको तातोपानी कुण्डमा स्नान गर्ने र खारपानी बजारमा वनभोजमा रमाउनेहरुको बाक्लो उपस्थिति थियो ।
विडम्बना अन्नपूर्ण हिमाल चौथोको आसपासमा खसेको पहिरोका कारण बिहान १०ः३० बजेको समयमा आएको बेमौसमी हिमपहिरोले सेतीमा बाढी आउँदा ६६ जनालाई बगायो । अठार जनाको लास फेला प¥यो भने ४६ जना बेपत्ता छन् ।
बाढीले स्वदेश तथा विदेश दुबै तिरको ध्यान खिच्यो । खारपानीकै मात्र १३ घर बगायो । एकाध मिनेटमै सुन्दर बजार बालुवा र ढुङ्गाको बगरमा परिणत भयो भने ऐतिहासिक महत्व बोकेको तातोपानी कुण्डको नामोनिशान रहेन ।
कास्कीको उत्तरी भेगस्थित एक महत्वपूर्ण पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गरेको प्राकृतिक उपचारको केन्द्र तातोपानी कुण्ड बाढीले बगाएर लोप हुने खतरामा पुगेपछि स्थानीयवासी संरक्षणका लागि जुटे । तर बजेटको अभावमा आशातित उपलब्धि हुन सकेको छैन ।
विभिन्न सामाजिक सङ्घसंस्थाको प्रयासमा बाढी पीडितहरुलाई पुनःबास तथा पुनःस्थापनाको कार्य गरिए पनि प्राकृतिक चिकित्साको रुपमा विकास भई पर्यटकीय गन्तव्यको रुपमा परिचित हुँदै गरेको कुण्डको संरक्षण भने हुन सकेको छैन ।
बाढी आएको दुई वर्षसम्म सो स्थानमा तातोपानी ननिस्केपछि विसं २०७२ मा स्थानीय बासिन्दाले पहिला पोखरी रहेकै स्थानमा केही मिटर गहिरो खाडल खने र त्यहाँ तातोपानी भेटियो । विगतमा नदीको वारिपारि दुबैतर्फ तातोपानी कुण्ड रहेको र त्यसको व्यवस्थापनका लागि साविक माछापुच्छ«े गाउँपालिका र सार्दीखोलामा दुई वटा संरक्षण समिति क्रियाशील रहे पनि दिगो रुपमा संरक्षणको काम भने अहिलेसम्म अघि बढ्न सकेको छैन । संरक्षणमा राज्यका निकायमा ध्यानाकर्षण गरिए पनि चासो नदिइएको भनाइ तातोपानी संरक्षणमा क्रियाशील संस्थाहरुको छ ।
विगतमा ओत लाग्ने प्रतीक्षालय, सार्वजनिक शौचालय र महिला तथा पुरुषका लागि छुट्टाछुट्टै कपडा फेर्ने ठाउँलगायतका पूर्वाधार भए पनि हाल पर्यटकका लागि कुनै पनि पूर्वाधार छैन । तातोपानी कुण्डले यहाँको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याएकाले तातोपानीलाई पूर्ववत अवस्थामा फर्र्काइनु पर्ने माग स्थानीय बासिन्दाको छ ।
यहाँको तातोपानीमा नुहाउनाले जोर्नीको दुखाइ, छालासम्बन्धी घाउ, खटिरा, डण्डीफोर तथा बाथ लगायतका रोगहरु निको हुने विश्वासले देशका विभिन्न भागबाट नागरिकहरु पुग्ने गरेका छन । नदीको दुबै किनारतर्फ गरी तीन वटा तातोपानीको पोखरी रहेकामा बाढीपछि एकातर्फको दुई वटा उत्खनन गर्दा पानी फेला नपरेर हाल लोप भइसकेकाले पनि साविक माछापुच्छे् गाविसतर्फ पर्ने एउटालाई उचित संरक्षण गरिनुपर्ने आवाज उठेको छ । देशमा सङ्घीयता कार्यान्वयन भएर तीन तहका सरकार निर्माण भए पनि कसैले पनि तातोपानी कुुण्डको संरक्षणमा ध्यान नदिएकामा स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन् ।
पोखराबाट १५ किमीको दूरीमा रहेको यो ठाउँ बसमा एक घण्टाको यात्रापछि पुगिन्छ । विसं २०७२ मा तातोपानी कुण्डको पुनःनिर्माण गर्ने प्रयास स्वरुप नेपाल पर्यटन बोर्डको रु २४ लाख बजेटमा कुण्डको वरिपरि तटबन्धन गरेर नदीको बहाव रोक्ने प्रयास गरिए पनि बजेट अभावमा रोकिएको काम अहिलेसम्म पनि शुरु गर्न नसकिएको तातोपानी संरक्षण तथा विकास समितिका अध्यक्ष भीमबहादुर गुरुङ बताए । ।
बाढीले बगाउनुअघि स्वदेशबाट मात्र नभई छिमेकी मुलुक भारतबाट समेत गरी दैनिक १५० जनाले कुण्डमा स्नान गर्ने गरेकामा अहिले दैनिक ३० देखि ३५ जना जाने गरेका छन ।
गाउँपालिका प्रमुख कर्णबहादुर गुरुङले सेती बाढीमा परेर निधन भएकाहरुको स्मृतिमा स्तम्भ निर्माण गरिएको र त्यसलाई उद्यान बनाउने गुरुयोजना अन्तिम चरणमा पुगेको जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
बाबुको निधनपछि १९ वर्षीया साधनाको उपचारमा सकस
नागरिक विधेयक प्रक्रियामा
मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
ओटेफको स्थापना दिवसमा बटुक र ज्येष्ठ नागरिकलाई भोजन
गुणस्तरीय शिक्षामा सबैको पहुँच आवश्यक : राष्ट्रपति
hero news full width
मुख्य समाचार
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९शिक्षामा राज्यको लगानीअनुरुप अपेक्षित प्रतिफल हासिल हुन सकेन: राष्ट्रपति
श्रावण ३१, २०७९राष्ट्रपति भण्डारी अन्नपूर्ण केबलकारमा, पोखराका मेयर आचार्यले गरे चुनावको ब्रिफिङ
श्रावण ३१, २०७९गोरखा भूकम्पको ७ वर्ष : पीडित राख्ने भवन भएन पूरा
श्रावण ३१, २०७९