ट्र्याक्टर दुर्घटनामा चालकको मृत्यु

rss रासस
वैशाख ३१, २०७६

लम्की, ३१ वैशाख । कैलालीको टीकापुरमा ट्र्याक्टर दुर्घटना हुँदा चालक धनबहादुर चौधरीको मृत्यु भएको छ ।

मंगलवार बिहान ८ बजे टीकापुरबाट इँटा बोकेर नारायणपुर जाँदै गरेको से१त १११६ नंको ट्र्याक्टरको चक्का फुत्किँदा जानकी गाउँपालिका–५ घर भएका ४० वर्षीय चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।

लम्की पुल क्षेत्र बढी दुर्घटना हुने क्षेत्र हो । यो क्षेत्रमा दुर्घटना हुनसक्ने जोखिमबाट बच्न प्रहरीले सूचना बोर्डसमेत राखेको छ । चालू वर्षमा टीकापुर सो क्षेत्रमा सडक दुर्घटनामा परी तीनको मृत्यु भएकोे छ भने दुईको अङ्गभङ्ग भएको प्रहरीले जनाएको छ ।

तपाइको विचार व्यक्त गर्नुहोस्

हाम्रो सुझाव

पहिरोले घर पुर्दा क्षत्री घाइते

नातीलाई बचाउँदा हजुरबाको मृत्यु

जापानमा एक नेपालीको निधन

प्रमुख समाचार

पहिरोले घर पुर्दा क्षत्री घाइते

थप प्रमुख समाचार