गैडाकोटमा घर जल्दा पाँच वटा वाख्रा मरे

Avatar आदर्श समाज सम्वाददाता
वैशाख ३०, २०७६

कावासोती, ३० वैशाख । पूर्वी नवलपरासीको गैंडाकोटमा आइतबार साँझ आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ ।

गैडाकोट–३ ढोडेनीको जंगलमा लागेको आगो गाउँपस्दा जंगल छेउमा रहेको टोलनाथ आयर्चाको एक तले घर नष्ट भएको हो । घर पूर्ण रुपमा जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय गैडाकोटले जानकारी दिएको छ ।

आगलागीमा परी घरमा रहेका ५ वटा बाख्रा पनि जलेर मरेका छन् । उक्त घटनामा मानवीय क्षति भने भएको छै्रन । दमकल, प्रहरी टोली र स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

तपाइको विचार व्यक्त गर्नुहोस्

प्रमुख समाचार

त्रिशूलीमा बस खस्दा पाँचको मृत्यु, २९ घाइते

थप प्रमुख समाचार