कालीखोलामा वृहत सरसफाई अभियान

आदर्श समाज सम्वाददाता
वैशाख ३०, २०७६
sarsafai.jpg11

पोखरा ३० वैशाख । सधैजँसो कालो बादलले ढाकिरहने अर्मला –छहरेपानीको कालीलेकमा मुहान रहेको काली खोलामा सरसफाई अभियान शुरु गरिएको छ ।

पोख्रेलीको खानेपानीको मुहान समेत रहेको कालीखो पोखरा–१६ मा पर्छ । पछिल्लो समय कालीखोला प्रदुषित बन्दै गएपछि त्यस क्षेत्रका संघसंस्था तथा नागरिक समाजले चिन्तामात्रै गरेनन् उनीहरुकै पहलमा सफाई अभियान शुरु भएको हो ।

अभियान अन्र्तगत शनिवार केभसिटी पर्यटन सहकारी संस्थाको आयोजनामा गीता मन्दिर देखि ६० मिटरको दुरिमा रहेको श्रीपाली वस्नेत कूल मन्दिर क्षेत्रसम्म सरसफाई गरिएको सहकारीका कोषाध्यक्ष केशववहादुर वस्नेतले जानकारी दिए ।

विदेशी तथा स्वदेशी पर्यटकको भिड लाग्ने महेन्द्र गुफा नजिकै रहेको उक्त खोलाको दुवै छेउको भागमा सहभागीले सरसफाई गर्नुका साथै जथाभावी फोहर नफाल्न सचेतना जगाएका थिए ।

यसअघि अभियानको पोखरा– १६ का वडाध्यक्ष जीवनप्रसाद आचार्यले सहकारीका अध्यक्ष वेनीवहादुर वस्नेतलाई फोहर संकलन सामाग्री हस्तान्तरण गरी सुरुवात गरेका थिए । कालिखोलाको वाटो हुदै अर्मलाकोट हुदै आटिघर मौजा र सिक्लेससम्म पुग्न सकिन्छ भने हरपाक र छहरेपानी, जुम्लेटी र उपल्लो घार्मी समेत कालीखोलाको तिरहुदै जाने गरिन्छ ।

कार्यक्रम संयोजक दुर्गालाल श्रेष्ठले अभियानले निरन्तरता पाउने बताउँदै सहयोगका लागि आग्रह गरे । अभियानमा गरिमा विकास वैंक, विन्ध्यवासिनी मा.वि,पोखरा एकेडेमी, आमा समूह, टोल विकास संस्था, हिमालय क्लव लगायत स्थानीयको सहभागिता थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width