चितुवाको छालासहित तीन जना पक्राउ

एजेन्सी
वैशाख ३०, २०७६
lepoard-skin

दाङ, ३० वैशाख । दाङ प्रहरीले चितुवाको छालासहित भालुवाङबाट तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा राप्ती गाउँपालिका वडा नं – १ भालुवाङ निवासी २० वर्षीय विष्णु खनाल, २६ वर्षीय शालिकराम भण्डारी र ३२ वर्षीय दीपक भण्डारी रहेको जिल्ला प्रहरीले कार्यालय दाङका प्रहरी प्रवक्ता विनोद विक्रम शाहले जानकारी दिए।

उनीहरू तीनै जनालाई आइतबार विहान साढे १० बजेतिर भालुवाङ बजारबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । गोप्य सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले बताएको छ। पक्राउ परेका व्यक्तिहरूको साथबाट ध्वाँसे चितुवाको छाला बरामद भएको छ । पक्राउ परेका व्यक्तिहरूलाई आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय लमही दाङको जिम्मा लगाइएको प्रहरीले बताएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width