मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु

rss रासस
वैशाख ३०, २०७६

तौलिहवा, ३० वैशाख । तौलिहवा जितपुर सडकखण्डको निग्लिहवाकोटमा मोटरसाइकल दुर्घटनामा परी दुईको मृत्यु भएको छ ।

आइतवार राति करीब १० बजे जहदीबाट तौलिहवा आउँदै गर्दा लु ९ प ४६६४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सो मोटरसाइकलमा सवार मायादेवी गाउँपालिका–७ का ४५ वर्षीय सर्वजीत यादव र कपिलवस्तु नगरपालिका– ६ का शेषराम यादवको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक देवेन्द्र पाण्डेले बताए । मोटरसाइकललाई कुनै ठूलो सवारी साधनले ठक्कर दिएको हुनसक्ने प्रहरीले जनाएको छ ।

तपाइको विचार व्यक्त गर्नुहोस्

हाम्रो सुझाव

बुद्धमूर्ति तोड्नेको पहिचानमा समस्या

एक वर्षमा १४६ को मृत्यु

प्रहरीद्वारा लक्ष्मी हत्या आरोपी सार्वजनिक

प्रमुख समाचार

रवीन्द्र प्रतिष्ठान दलको भातृ संगठन नबनाउँ

थप प्रमुख समाचार

गोर्खा फिटनेसद्वारा हरिहर गुफा सफाई

गीताञ्जलीको २०० औं साधना प्रभात

लायन्स क्लबको प्रि जोन मिटिङ सम्पन्न