विश्व नर्स दिवसको अवसरमा मणिपालका नर्सको सहयोग

Avatar आदर्श समाज सम्वाददाता
वैशाख २९, २०७६

पोखरा, २९ वैशाख । विश्व नर्स दिवसको अवसरमा मणिपालका नर्सहरुले पोखरा माटेपानीमा रहेको हेप्पीहोमका बृद्धा बृद्धाहरुलाई मेडिकल सामाग्री सहयोग गरेका छन ।

मणिपाल शिक्षण अस्पतालमा आयोजित एक कार्यक्रममा हेप्पी होमका सचिव रोमा रावत शाक्यलाई सो सामाग्री हस्तान्तरण गरको हो ।

उनीहरुले २ थान ह्विलचेयर,प्रोटेवल ट्वाईलेट,स्टिम ईन्हेलर,तातो पानी राख्ने व्याग र खकार फाल्न सजिलो हुने टिनको मग सहयोग गरेका थिए ।

२०७५ मंसिर देखि यो बैशाख सम्म हेप्पी होममा सेवा लिन आएका बृद्ध बृद्धाहरुलाई उनीहरुले निःशुल्क नर्सिङ्ग सेवा समेत दिएका थिए ।

मणिपाल नर्सिङ्ग टीमले विभिन्न कार्यक्रम संगै यो वर्ष पनि सामाजिक संघ संस्थालाई भौतिक सहयोग गरेका हो । हेप्पीहोमलाई गएको वर्ष नगद ५० हजार सहयोग गरेको हेप्पीहोमका अध्यक्ष यज्ञमान शाक्यले बताए ।

तपाइको विचार व्यक्त गर्नुहोस्

हाम्रो सुझाव

पुस्तक बेचेर विद्यालयलाई सहयोग

एनओसी अध्यक्षमा जीवनराम

यातायात क्षेत्रका समस्या समाधानमा जोड

नाचगानसहित झिँमा होमस्टे शुरु

४६९ को दाँत उपचार

प्रमुख समाचार

रुपन्देहीमा गोली चल्यो, १ को मृत्यु