घान्द्रकु, २९ वैशाख । शहीद ईश्वरबहादुर गुरुङ स्मृति प्रतिष्ठान, घान्द्रुकद्वारा स्थापित सर्वोकृष्ट छात्रवृत्ति पुरस्कारबाट फुम्रोखुँ मावि घान्द्रुकका छात्र विशाल परियार सम्मानित भएका छन् ।
उनी साविक घान्द्रुक गाविसका तीन माविमध्येबाट २०७४ सालको एसईइ परीक्षामा सर्वश्रेष्ठ भएवापत सो पुरस्कारबाट सम्मान गरिएको हो । उनी ३.४० जी.पी. अंकका साथ सर्वोत्कृष्ट भएका थिए । पुरस्कारको राशी २५ हजार नगद र प्रशंसापत्र रहेको छ । यो तेस्रो छात्रवृत्ति पुरस्कार हो । यसअघि सो पुरस्कार मेश्रमवराह मा.वि. का छात्रा अमृता क्षेत्री र फुम्रोखुँ माविकी रविना थापाले पाएका थिए ।
शहीद ईश्वरबहादुर गुरुङ स्मृति प्रतिष्ठान गठन र शहीदको नाममा छात्रवृत्ति पुरस्कार एवं अक्षकोष स्थापनामा महत्वपूर्ण भूमिका खेलेवापत नेपाली काँग्रेस घान्द्रुक इकाई समितिका सभापति ललित गुरुङ पनि सम्मान गरिएको थियो ।
शहीद परिवारका सदस्य बहिनी मुक्ति गुरुङ, ज्वाँई सुरज गुरुङ र दाजू अर्जुनबहादुर गुरुङले शहीद ईश्वरबहादुर गुरुङको १५ औं स्मृति दिवसको सन्दर्भ पारी स्थानीय मेश्रम वराह माविलाई एक लाख ५० हजार रुपियाँ चन्दा अर्थ संकलन समितिका सल्लाहाकार क्याप्टेन पदमलाल गुरुङलाई संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।
वि.स. २०६१ साल वैशाख २८ गते तत्कालीन ने.क.पा. माओवादीद्वारा हत्या गरिएका ईश्वरबहादुर गुरुङको सम्मानमा नेपाल सरकारले वि.स. २०७४ माघ ११ गते शहीद घोषणा गरेको थियो । शहीद परिवारले १० लाखको अक्षयकोष स्थापना गरिएको छ ।
शहीद ईश्वर बहादुर गुरुङको १५ औं स्मृति सभा तथा सर्वोत्कृष्ट छात्रवृत्ति पुरस्कार कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका नेता शुक्रराज शर्माले लोकतान्त्रिक आन्दोलनमा शहीद ईश्वर गुरुङको भूमिका महत्वपूर्ण रहेको बताए । उनले शहीदको नाममा स्थापित पुरस्कारले विद्यार्थीको हौसला बढ्ने र शहीदको चिरकालसम्म सम्झना भइरहने बताए । अहिले शहीद परिवार दिने नभई लिने र माग्ने काममा मात्र केन्द्रित रहेको अवस्थामा शहीद ईश्वरबहादुर गुरुङका परिवारजनले दिने मात्र काम गरेकामा प्रशंसा गरे ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमलमान गुरुङले जनहत्या गरेर शासन सत्तामा पुग्ने कम्युनिष्ट चरित्र उदाङ्गो भएको चर्चा गर्दै सत्ता प्राप्तिका लागि मात्र दशौं हजार मानिसको हत्या भएको कुरा पुष्टि भएको बताए ।
शहीद ईश्वरबहादुर स्मृति प्रतिष्ठान, घान्द्रुकका अध्यक्ष क्याप्टेन पदमलाल गुरुङको अध्यक्षमा भएको कार्यक्रममा नेपाली काँग्रेसका क्षेत्रीय सभापति पोषनाथ शर्मा, काँग्रेस महासमिति सदस्य दिपक गुरुङ, सम्मानित व्यक्तितव नेपाली काँग्रेस साविक घान्द्रुक गाउँ समितिका सभापति ललित गुरुङ, पुरस्कृत विद्यार्थीका अभिावक पूर्ण परियार, प्रतिभा छनौट समितिका संयोजक पूर्णप्रसाद गुरुङ, समाजसेवी तीलबहादुर ग गुरुङ, प्रतिष्ठानका उपाध्यक्ष सहदेव गुरुङ, सचिव कृष्णप्रसाद गुरुङ लगायतका वक्ताले शहीद ईश्वर बहादुर गुरुङको व्यक्तित्व र कृतित्वका बारेमा चर्चा गरेका थिए ।
Related News
सम्बन्धित समाचार
विद्यार्थी खोज्दै माछापुच्छ्रे मावि
एसइई परीक्षा आजदेखि, गण्डकीका ४६ हजार परीक्षार्थी
एसइई दिन सदरमुकाम आउनुपर्ने बाध्यता
छानो उडाउँदा विद्यार्थीको बिचल्ली
शुक्लागण्डकी आविलाई सहयोग
hero news full width
मुख्य समाचार
घर फर्किए म्यादी प्रहरी
पोखराको मेयर र उपमेयरमा गठबन्धनको अग्रता कायमै
जेठ ६, २०७९गण्डकीमा खेलकुद विकास समिति अध्यक्ष नहटाउन उच्चले दियो अल्पकालीन आदेश
जेठ ६, २०७९पोखराको मतगणना : उम्मेदवारै नभएकोलाई भोट, कतै १ मत
जेठ ६, २०७९नगर प्रमुखमा ५ र गाउँपालिका अध्यक्षमा ११ महिला निर्वाचित
जेठ ५, २०७९गण्डकीको बजेट अधिवेशन जेठ ११ देखि
जेठ ५, २०७९