वेगनासमा माछापुच्छ्रे पार्क स्थापना

आदर्श समाज सम्वाददाता
वैशाख २९, २०७६

लेखनाथ, २९ वैशाख । पोखरा–३१ को बेगनासताल र मैदीतालको विचमा रहेको सालडाँडामा स्थानीयहरुको सक्रियतामा बाल उद्यन र वनभोजका लागि माछापुच्छ्रे पार्क स्थापना गरिएको छ ।

नजिकबाट हिमश्रङखला, तरेली परेको फाँट ,काखमा हरियाली वन र साथमा बेगनास र मैदीतालको मनोरम दृष्य देख्न सकिने उक्त स्थानलाई आन्तरिक तथा विदेशी पर्यटनको केन्द्र विन्दुका रुपमा विकास गराउने उद्देश्यले शनिवार एक कार्यक्रममा विच पार्कको उद्घाटन गरिएको हो ।

पार्कको उद्घाटन गर्दै वडा नं ३१ का वडाअध्यक्ष कमलबहादुर थापाले विकास निर्माणका काममा जनसहभागीता जुट्यो भने त्यसले सार्थक रुप लिने विश्वास ब्यक्त गरे । माछापुच्छ्रे टोल विकास सस्थाका अध्यक्ष कृष्णप्रसाद तिवारीको अध्यक्षतामा भएको सो कार्यक्रममा जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष रविरमण तिवारी, पोखरा महानगरपालिकाका कानूनी सल्लाहकार राममणि अधिकारी, लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णहरि भण्डारी,लेखनाथ होटल तथा रेष्टुरेण्ट एशोसिएसनका अध्यक्ष कृष्ण तिमिल्सेना, संस्थाका सल्लाहकार तारानाथ तिवारी,सस्थापक अध्यक्ष मधुकर न्यौपाने, शिवालय टोल विकास सस्थाका अध्यक्ष गंगाराम सुवेदी, साना किसान कृषि सहकारीका अध्यक्ष सोमलाल तिवारी लगाएतले आ–आफनो धारणा व्यक्त गरेका थिए ।

शान्ति प्रेमी आमा समुहकी अध्यक्ष जमुना बढाथोकीले स्वागत मन्तव्य राखेको सो कार्यक्रमको संचालन सदस्य सरेन्द्रवावु तिवारी र प्रियङका बुढाथोकीले गरेकी थिईन । सोही अवसरमा पार्क निर्माणमा सहयोग पु¥याउने सहयोगीदाता र गत वर्षको एसइइ परीक्षामा उत्रिण विद्यार्थीलाई सम्मान गरिएको थियो ।

यसैविच माछापुच्छ«े टोल विकास सस्थाको १३ औं बार्षिक साधारण सभा तथा पाचौं अधिबेशनले आगामी कार्यकालका लागि सर्वसम्वत रुपमा पुन कृष्ण प्रसाद तिवारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। जसको उपाध्यक्षमा टुकुमाया न्यौपाने,सचिवमा छविराम भण्डारी,कोषाध्यक्षमा रामचन्द्र गौतम र सदस्यहरुमा महेन्द्र प्रसाद तिवारी, सीता तिवारी र बुद्ध्रिप्रसाद बास्तोला रहेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width