पोखरा, २९ वैशाख । “मिस मगर नेपाल–२०१९” का प्रतियोगीहरू मगर संस्कृतिबारे प्रत्यक्ष अवलोकन र बुझ्न तनहुँको भिमाद नगरपालिका–२, रघुस्थित मगर होम स्टे गएका छन् ।
एक वर्ष अघिदेखि सु? भएको रघु मगर होम स्टेमा पुगेका उनीहरूले मगर भाषा, संस्कृति र रहनशहन, मौलिक खाना अन्तरक्रिया र अवलोकन गर्ने छन् ।
मिस मगरका अभियन्ता एवं पोखरेली युवा सांस्कृतिक परिवारका पूर्वअध्यक्ष शिव थापामगरले नयाँ पुस्तामा मगर भाषा र संस्कृतिबारे चासो जगाउन फरक खालको सौन्दर्य प्रतियोगिता आयोजना गरिएको बताए ।
रघु सामुदायिक होम स्टे व्यवस्थापन समितिका अध्यक्ष टुकबहादुर रानामगरले दोस्रो पाहुना टोलीका लागि ?पमा मिस मगर टोलीलाई स्वागत गर्न पाउँदा निकै खुशी लागेको उल्लेख गरे ।
मिस मगर नेपाल–२०१९ का तालिम संयोजक रूद्र श्रीसमगरले रघु होम स्टेमा आउनुको उद्देश्य सफल भएको भनाइ राखे ।
दोस्रो विश्वयुद्धका भिक्टोरिया क्रस बिजेता नेत्रबहादुर थापामगरको जन्मथलो समेत रहेको रघुमा घाँटु, कौरा, झ्याउरे, सालैजो, नचरी र दोहोरीमा रमाउन पाइन्छ । प्रायः सबै किसिमका खेतीपाती गरिने रघुमा ३२४ घरधुरीको बसोबास रहेको छ । जसमा ८६ प्रतिशतभन्दा बढी मगर समुदायको बसोबास छ । सु?मा १४ वटा घरबाट सु? गरिएको होम स्टे हाल ३१ वटा घरमा सञ्चालित छ ।
पोखरा । दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को ह्याण्डबल खेलमा नेपालले पहिलो पटक पदक हात पारेको छ । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) पोखरामा भएको ह्याण्डबलको फाइनलमा नेपालले रजत हात पारेको हो । स्वर्ण पदकका फाइनल खेलेको नेपाली महिला ह्याण्डबल टोली भारतसँग हारेपनि नेपाललाई रजत पदक दिलाएको हो । रजत पदक जितेसँगै ह्याण्डबलमा…
तपाइको विचार व्यक्त गर्नुहोस्