निःशुल्क आँखा शिविर सम्पन्न

आदर्श समाज सम्वाददाता
वैशाख २८, २०७६
rambazar (1)

पोखरा, २८ बैशाख । “सेवानै धर्म हो“ भन्ने मुल नाराका साथ स्थापना भएको यस नेपाल रेडक्रस सोसाइटी पोखरा १० उपशाखा विश्व रेडक्रस दिवसको अबसरमा जेष्ठ नागरिकहरूको आँखा जाँच गरिएको छ । वृद्धवृद्धाको आँखा सम्बन्धी उपचारका लागि निशुल्क उपचार शिविर संचालनमा ल्याइएको हो ।

उक्त निःशुल्क आँखा शिविर कार्यक्रममा पोखरा–१० का वडा अध्यक्ष एवं प्रमुख अतिथि राज कुमार गुरुङ्गले हेनरी ड्यूनाको तस्वीरमा माल्यार्पण गरी शुभारम्भ गरेका थिए । विश्व रेडक्रस दिबसको अबसरमा मानवको जेष्ठ नागरिकहरुको आँखाको निःशुल्क परिक्षण तथा साना–साना बाल बालिकाहरु अध्ययन गाँउका विद्यालयलाई यूरो गार्ड हस्तान्तरण गरिएको हो ।

वडा नं १० लगायत छिमेकी वडाका समेत ६५–९९ बर्ष सम्मका करिब एक सय १० जना जेष्ठ नागरिक हरुले सेवा लिएका थिए । उक्त शिविरमा हिमालय आँखा अस्पतालका चिकित्सकले फेवा बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्था लि. सृजनाचोकको बिशेष सहयोगमा शिविर सम्पन्न भएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width