‘खेल क्षेत्रमा छुट्टिएको बजेट सदुपयोग हुन सकेन’–मन्त्री गुरुङ

आदर्श समाज सम्वाददाता
वैशाख २८, २०७६
8631673796543080927_SUDR1591

पोखरा, २८ बैशाख । भूतपूर्ब खेलाडी मंच नेपालको १० औं वार्षिक साधारण सभा शनिबार पोखरामा सम्पन्न भएको छ ।
साधारण सभालाई सम्वोधनगर्दै गण्डकी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले खेल क्षेत्रमा राज्यको बजेटको ठूलो हिस्सा ओगट्ने भए पनि त्यसको सहि सदुपयोग हुन नसकेको बताएका छन ।

खेलकुदको बजेटको आकार हेर्ने हो भने त्यो अन्य बिकसित मुलुकको भन्दा कम नरहेको तर्फ र्इंगित गर्दै मन्त्री गुरुङले भने ‘बिकसित मुलुकका सरकारहरुले खेलक्षेत्रलाई छुट्टायाउने बजेटको आकार र हाम्रो जस्तो सानो मुलुकले छुट्टाएको बजेटको तुलना गर्ने हो भने पनि बजेट सानो हो भन्न मिल्दैन’ उनले प्रतिप्रश्न गर्दै भने–‘हामीले छुट्टाएको बजेट कहाँ सदुपयोग भएको छ त । परिषदको भारि भर्कम संरचना भित्र खर्च भयोकी, तलबमा खर्च भयो वा खेलाडीले पाए । त्यो सोच्ने बेला आएको छ र बुझ्न आवश्यक छ ।’

खेल क्षेत्रको बिकासका लागि अन्य देशको सहयोग पनि जारी रहेको बताउँदै मन्त्री गुरुङले बजेटलाई सहि ठाउँमा प्रयोग गर्नु पर्ने कुरामा समेत जोड दिए । उनले प्रदेश सरकारले गण्डकी प्रदेशमा खेलकुद बिकासका लागि स्पोर्टस् एकेडेमीको संरचना सहित अगाडी बढ्ने सोच बनाएकोले सोही अनुरुप अगाडी बढ्ने छ उनले भने–‘हामी स्र्पोट्स एकेडेमी भित्र अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण गर्न गइरहेका छौं र त्यसका लागि उपयूक्त ठाउँको खोजी भइरहेको छ ।’

मन्त्री गुरुङले एक प्रसङमा खेलकुद बिकासका लागि ठोस योजना नबनेको भए पनि, प्रदेश सरकार यसका लागि सबैको साथ र सहयोग तथा सल्लाहले नै उपयूक्त योजनाका साथ अगाडी बढने बताए । उनले कार्यक्रमका सहभागीहरुलाई पनि कुनै त्यस्तो योजना भए सुझाबहरु दिन पनि आग्रह गरे ।

सो अबसरमा मन्त्रि गुरुङले गत चैतमा सम्पन्न यूथ एशियन गेम्समा ३००० मिटर दौडमा नेपालका लागि स्वर्ण पदक बिजेता अजित कुमार यादवलाई मंचका तर्फ बाट नगद १० हजार सहित सम्मान गरेका छन । सोही कार्यक्रममा शिक्षाविद जोर्ज जोनलाई पनि खेलकुदमा पु¥याएको योगदानको कदर गर्दै मंचले सम्मान गरेको छ भने पोखराको खेलकुदमा पु¥याएको योगदानको कदर गर्दै स्व.अजित कुमार शेरचनलाई मरोणोपरान्त सम्मान गरिएको छ ।

उनीहरुलाई मन्त्री गुरुङ, प्रदेश सांसद इन्द्रधारा विष्ट राष्ट्रिय खेलकुद परिषद सदस्य राजेश कुमार गुरुङ लगाएतले सम्मान गरेका थिए । सोही कार्यक्रममा परिषद सदस्य गुरुङले धावक अजितलाई मदन भण्डारी स्पोर्टस् एकेडमीका तर्फ बाट नगद १० हजार प्रदान गरेका छन ।

पोखरा म्याराथनका लागि हङकङ बाशी नेपालीहरुहरु बाट संकलित रकमको बचत रकम मध्येको रकम बैंक बाट प्राप्त ब्याजले प्रत्येक बर्ष राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका पदक बिजेता खेलाडीलाई सम्मान गर्ने मंचले जनाएको छ ।

कार्यक्रममा परिषद सदस्य गुरुङले गण्डकी प्रदेशमा आयोजना हुने नवौ राष्ट्रिय खेलकुदका लागि सबैले सहयोग गर्नुपर्ने बताए । उनले प्रदेशको खेलकुदको आफ्नै पहिचान भएकोले पनि यसमा लगानी गरि खेलकुद पूर्वाधारका लागि विशेष जोड दिनु पर्ने उल्लेख गरे । उनले खेलकुद भित्र रहेको राजनिती र भ्रष्टाचार नियन्त्रण गर्न सके खेलकुदले फड्को मार्न सक्ने बताए ।

भूतपूर्व खेलाडी मंचका अध्यक्ष एवम नेपाल ओलोम्पिक कमिटीका सदस्य तेज गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा सम्माननित व्यक्तित्व जोर्ज जोन, मंचका सल्लाहकार अशोक पालिखे, संस्थापक अध्यक्ष खड्ग रानाभाट, उपाध्यक्ष दिल बहादुर गुरुङ, सचिब कृष्ण तिमिल्सिना लगाएतले बोलेका थिए ।

साधारण सभामा मंचमा आवद्ध भएका सात जनालाई आजिबन सदस्यलाई मन्त्रि गुरुङले अजिवन सदस्यताको प्रमाणपत्र प्रदान गरेका थिए । सभामा मंचका महासचिब खेम गुरुङ र कोषाध्यक्ष मंजुलमान श्रेष्ठले दुई छुट्टा–छ्ुट्टै प्रतिबेदन प्रस्तुत गरेका थिए ।

यसै विच मंचले आगामी संस्करणको १४ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथनको पुरुस्कारको राशीमा वृद्धी गर्ने जनाएको छ । प्रदेश सरकार र पोखरा महानगरको सल्लाहामा पोखरा म्याराथनको प्रथमलाई नगद ५ लाख, दोश्रोलाई २ र तेश्रो हुनेलाई १ लाख पुर्याइने मंचका अध्यक्ष तेज गुरुङले प्रस्ताव गरेका छन । त्यसै गरि मंचले ओलम्पिक डेका अबसरमा मे २३ मा पोखरामा परम्परागत खेल ठेलो प्रतियोगिता आयोजना गर्ने जनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको…
  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…
  • ढोलाहिटीलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । ढोलाहिटी फ्रिडमले दोस्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।…
  • बुद्ध विशालको फुटसल प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन पोखराले आफ्ना व्यवसायीबीच सातौं आन्तरिक फुटसल प्रतियोगितामा राजेश खाँडको समूह विजयी भयो ।…

hero news full width