पोखरा, २८ वैशाख । “हप्तामा एक घण्टाः राष्ट्रका लागि स्वयंसेवा” भन्ने नाराका साथ सुरु भएको पोखरा उपत्यका वृहत् सफाइ अभियानको १५४ औँ हप्ताको कार्यक्रम मासवारमा अवस्थित मदरल्याण्ड माध्यमिक विद्यालयको अगुवाइमा शनिबार सम्पन्न भएको छ ।
पोखराको जिरो किलोमिटरबाट सुरुभएको उक्त सरसफाइ कार्यक्रम शान्तिनगर, बुलौँदी, गैरीखेत, पोखरीपाटन, श्रीकृष्ण माविको परिसर हुँदै मदरल्याण्डमा आएर समापन भएको थियो ।
मदरल्याण्डको रजतजयन्ती वर्ष कार्यक्रमअन्तर्गत अगुवाइ गरिएको उक्त सरसफाइमा गण्डकी विकास बैङ्क, मुक्तिनाथ विकास बैङ्क, ओम डेभलपमेन्ट बैङ्क, नेपाल प्रहरी, ससस्त्र प्रहरी, पोखरा महानगरपालिकाको सरसफाइ शाखा, माछापुच्छ«े महिला क्लब लगायत विभिन्न सामाजिक व्यक्तित्वहरूको उल्लेख्य सहभागिता रहेको कुरा वृहत् सफाइ अभियानका अभियन्ता रामबहादुर पौडेलले जानकारी दिए ।
सामाजिक कार्यमा पनि सधैँ अगाडि सर्दै आएको मदरल्याण्ड माविले आफ्नो रजतजयन्तीका अवसरमा वैशाख महिनालाई सरसफाइ महिनाका रूपमा अभियान चलाएर जाइकाबाट केही स्वयंसेवी प्रशिक्षक मार्फत विद्यालयमा बालबालिकामा चेतना फैलाउने काम गरिएको कुरा विद्यालयका प्राचार्य नारायण बरालले बताए ।
विद्यालय उमेरसमूहका बालबालिका तथा विद्यार्थीहरूमा सरसफाइको महत्व बुझाउने उद्देश्यले आयोजित उक्त कार्यक्रममा वातावरण, समाज तथा टोलछिमेक सधैँका लागि सफा राख्न व्यक्ति चेतनामा जोड दिनुपर्ने कुरामा सहभागीहरूको गुनासो थियो ।
Related News
सम्बन्धित समाचार
गण्डकीमा विपतका १० महिना : ११७ जनाको मृत्यु, १०९ घाइते
अक्सफोर्ड स्कुलमा अभिभावक भेला
वडामार्फत् भूमि सेवा दिने तयारी
प्राथमिकता एकातिर, चिर्कटोका भरमा योजना
मन्त्री नपाएका बिन्दु बने दलको उपनेता, अरुको चित्त कसरी बुझाउलान् मुख्यमन्त्री पाण्डेले
hero news full width
मुख्य समाचार
फल इन लभ नै किन ?
नेपाली युवा उद्यमी मञ्च पोखरामा निरन केसी
जेठ १३, २०८०संघीयताबारे अहिले नै सफल असफल भनेर मूल्यांकन गर्ने बेला भएको छैन: प्रथम राष्ट्रपति डा यादव
जेठ १३, २०८०रोकिएला त फेवाको सिमसार क्षेत्र पुर्ने काम ?
जेठ १३, २०८०प्रदेशको बजेट: बहुवर्षीय दायित्व बन्द गरौं, प्रोजेक्ट बैंक मोडलमा जाऔं
जेठ १२, २०८०आदर्श समाजकर्मीद्वय विजय र धन सम्मानित
जेठ १२, २०८०