अनागारिकाको निधन

आदर्श समाज सम्वाददाता
वैशाख २८, २०७६

पोखरा, २८ वेशाख । धर्मशीला बुद्धविहारका अनागारिका कर्मशीलाको निधन भएको छ । क्यान्सरवाट पीडित उनको शुक्रवार निधन भएको हो ।

वि.स. १९९९ वैशाख २७ गते जन्म भएको अनागारिकाको निधन वि.स. २०७६ वैशाख २७ गते राति भएको हो । वि.स. २०४३ साल फागुन ५ गतेबाट उनी प्रर्बज्या (अनागारिका) भएकी हुन् ।

निधन अघिअनागारिकाले आफ्नो योगदानको रुपमा अग्रज धर्मशीलाको नामबाट धर्मशीला वृद्धतवृत्ति कोष स्थापना गरेकी छन् । उनले पोखराको कन्या क्याम्पसमा एक लाख ५० हजार रुपैयाँको वृद्धतवृत्ति अक्षयकोष स्थापना गरेकी छन् । त्यस्तैगरी अग्रज भिक्षु सुवद्र स्मृति नामबाट उनले भिक्षु सुबद्र स्मृति पुरस्कार स्थापना समेत गरेकी छन् ।

त्यस्तै वुद्ध धर्मको लागि परियती शिक्षा संचालनका लागि उनले दुई लाख ५० हजार रुपैयाँ अक्षयकोष , बौद्धविहार वौ्द्धउपाशिका संघलाई दुई लाख र बौद्ध विहारको कोठा निर्माणमा पाँच लाख र अन्य विभिन् बौद्ध संघसंस्थालाइ समेत  सहयोग गरेकी छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width