तीन दिन हावाहुरीसहित बर्षा हुने

एजेन्सी
वैशाख २८, २०७६
42-34984749

पोखरा, २८ वैशाख । तीन दिन अर्थात शनिवार दिउसोदेखि सोमबारसम्म देशभर मेघ गर्जन, हावाहुरी सहित वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

शनिबार दिउँसो देशभर आंशिकदेखि सामान्यसम्म मौसम बदली भई केही स्थानमा मेघ गर्जन, हावाहुरीसहित वर्षा हुने सम्भावना देखिएको छ। यो क्रम राति पनि जारी रहनेछ। महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार यो स्थानीय र पश्चिमी वायुको प्रभाव हो। आइतबारदेखि यो वढी सक्रिय हुने उनको अनुमान छ।

दिउँसोपछि देशका विभिन्न स्थानमा हावाहुरी, चट्याङसहित वर्षा हुने देखिएको छ,’ उनले भनिन ‘त्यस्तो डराउनैपर्ने खालको त होइन, प्रि–मनसुनमा आउने किसिमको हावाहुरी र वर्षा हो।’

Related News

सम्बन्धित समाचार

hero news full width