लायन्स मिडटाउनले ग¥यो विद्यार्थीको आँखा परिक्षण सँगै विविध कार्यक्रम

आदर्श समाज सम्वाददाता
वैशाख २८, २०७६
midtown 2

पोखरा, २८ वैशाख । लायन्स क्लब अफ पोखरा मिड टाउनको आयोजनामा विभिन्न कार्यक्रम सम्पन्न भएका छन् । तनहुँको ऋषिङ गाउँपालिकामा रहेको शिव सरस्वती मा.विमा कार्यक्रम गरिएको हो ।

आँखा शिविर, छात्रवृत्ति वितरण, युरोगार्ड तथा पानी ट्याङ्की हन्तान्तरण र लाईव्रेरी स्थापना लगायतका कार्यक्रम गरिएको कार्यक्रम संयोजक तथा क्लबका पूर्व अध्यक्ष विष्णुप्रसाद बास्तोलाले जानकारी दिए ।

आँखा शिविरमा विद्यालयमा अध्ययनरत विद्यार्थी तथा स्थानीय गरी करिव ६ सय जनाको आखा परीक्षण गरिएको बास्तोलाले जानकारी दिए । शिविरमा औषधी तथा चस्मा निःशुल्क वितरण गरिएको अर्का कार्यक्रम संयोजक सुनादेवी श्रेष्ठले जानकारी दिइन् । मोतियाविन्दुका बिरामीलाई थप उपचारको लागि पोखरा बोलाइएको छ । शिविरमा हिमालयन आँखा अस्पताल घारिपाटनको प्राविधिक सहयोग थियो ।

गरिव तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ती प्रदान गरिएको छ । ३ जना विद्यार्थीलाई जनही १०÷१० हजार रुपैयाँ छात्रवृत्ती रकम प्रदान गरिएको हो । यससँगै विद्यार्थीलाई नयाँनयाँ कुराको पनि ज्ञान हुनुपर्छ र पाठ्यपुस्तक भन्दा वाहिरका किताव पनि अध्ययन गर्नुपर्छ भनेर लाईब्रेरी पनि क्लवले स्थापना गरिएको क्लबका लायन वर्ष २०१९÷२० का इलेक्ट अध्यक्ष सुरेन्द्र पौडेलले जानकारी दिए । विद्यार्थीले स्वच्छ पानी पिउनका लागि युरोगार्डका साथै पानी ट्याङ्की पनि क्लबले वितरण गरेको छ ।

कार्यक्रममा वोल्दै संविधान सभाका सभासद झुलबहादुर आलेले क्लबले उत्कृष्ट काम गरेको भन्दै प्रशंसा गरे । आगामी दिनमा पनि क्लबले विद्यालयसँग सहकार्य गरेर विभिन्न कार्यक्रम गर्नुपर्ने उनले बताए ।

ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले क्लब सामाजिक सेवाका काममा सक्रिय रहेकोमा खुसी व्यक्त गर्दै क्लबसँग सहकार्य गर्न गाउँपालिका तयार रहेको बताए । उक्त अवसरमा लायन्सका रिजन चियरपर्सन अर्जुन थापा, जोन चियर पर्सन सोवित पौडेल, निर्वतमान अध्यक्ष ठाकुरप्रसाद अधिकारी, लायन्स क्लव अफ गण्डकी स्टेट पोखराका अध्यक्ष अमृत बराल लगायतले वोलेका थिए ।

विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद बरालले आगामी दिनमा पनि क्लब र विद्यालयको सम्वन्ध सुमधुर रहने र सहकार्यमा काम हुन बताए । साथै आगामी दिनमा पनि सहयोगको अपेक्षा गरे । क्लबका अध्यक्ष देवी तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन ईलेक्ट सचिव विकास भुर्तेलले गरेका थिए । स्वागत मन्तव्य उपाध्यक्ष तथा कार्यक्रम संयोजक सुनादेवी श्रेष्ठले राखेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width