पोखरा, २८ वैशाख । डेभलपमेण्ट बैँकर्स एशोसिएसन नेपालको अध्यक्षमा गरिमा विकास बैँकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल चयन भएका छन् ।
एशोसिएसनको शुक्रबार सम्पन्न तेह्रौं वार्षिक साधारण सभाले ढकाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । त्यस्तैगरी एशोसिएसनको प्रथम उपाध्यक्ष् प्रद्युमन पोखरेल, मुक्तिनाथ विकास बैंक, द्वितीय उपाध्यक्ष रेशम बहादुर थापा, गण्डकी विकास बैंक, महासचिव मनोज कुमार ज्ञवाली, ज्योति विकास बैंक, सचिव प्रदिप कुमार श्रेष्ठ, तिनाउँ विकास बैंक, कोषाध्यक्ष सुयोग श्रेष्ठ, सांग्रिला डेभलपमेण्ट बैंक,छन् ।
त्यस्तैगरी सदस्य तर्फ क्रमश रमेश प्रसाद जोशी, सिन्धु विकास बैंक, नरेश सिंह बोहरा, लुम्विनी विकास बैंक, विरुराम जैसी, कञ्चन डेभलपमेण्ट बैंक,प्रवीन वस्नेत, कामना सेवा विकास बैंक र नवीन सुवेदी, सप्तकोशी डेभलपमेण्ट बैंक चयन भएका हुन् । नवनियुक्त कार्य समितिका पदाधिकारीहरुले सोही साधारण सभामा सपथ ग्रहण गरी कार्यभार सम्हालेको छ ।
एशोसिएसनको तेह्रौं वार्षिक साधारण सभाले आ.व. २०७४÷०७५ को लेखापरीक्षण प्रतिवेदन, अक्ष्यक्षको प्रतिवेदन, आ.व. २०७५÷०७६ को अनुमानित आय ब्याय र लेखापरीक्षक नियुक्ति लगायतका प्रस्तावहरु सर्वसम्मत रुपमा पारित गरेको छ ।
Related News
सम्बन्धित समाचार
लेखनाथमा सेयरसम्बन्धी तालिम
अग्नि ग्रुपको टु एस सर्भिस सेन्टर
सहकारी बैंकको वार्षिक समीक्षा
पोउवा संघको अध्यक्षमा पोखरेलको घोषणा
राष्ट्रिय सहकारी बैंकको समीक्षा पोखरामा
hero news full width
मुख्य समाचार
राष्ट्रपति भण्डारी अन्नपूर्ण केबलकारमा, पोखराका मेयर आचार्यले गरे चुनावको ब्रिफिङ
गोरखा भूकम्पको ७ वर्ष : पीडित राख्ने भवन भएन पूरा
श्रावण ३१, २०७९भ्रष्टाचार उजुरीमा कास्कीका सबैभन्दा बढी
श्रावण ३१, २०७९राष्ट्रपति भण्डारी पोखरामा, दिनभर भेटघाटमा व्यस्त
श्रावण ३०, २०७९राष्ट्रपति भण्डारी आज पोखरा आउँदै, भोलि दिउँसाेमात्र फर्कने
श्रावण ३०, २०७९नागरिकता विधेयक फिर्तापछि तरंग
श्रावण ३०, २०७९