चेन्नाई आठौंपल्ट फाइनलमा

एजेन्सी
वैशाख २८, २०७६
images_cms-image-000071925

काठमाण्डौ, २८ वैशाख । पहिलो क्वालिफायरमा शुक्रबार राति चेन्नाई सुपर किंग्ससँग ६ विकेटले पराजित भएसँगै दिल्ली क्यापिटल्सले पहिलो पल्ट इण्डियन प्रिमियर लिग (आइपीएल) को फाइनल खेल्ने मौका गुमायो।

विशाखापटनममा भएको दोस्रो क्वालिफायरमा दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४७ रन बनाएको थियो। जवाफमा चेन्नाईले ६ बल बाँकी छँदै ४ विकेट गुमाएर लक्ष्य भेटायो। त्योसँगै यस सिजनमा दिल्ली र उसका सहयात्री नेपाली स्टार सन्दीप लामिछानेको आइपीएल यात्रा सकिएको छ।

सन्दीपले यस सिजनको आइपीएल सन्दीपका लागि औषत रह्यो। दिल्लीका १६ मध्ये ६ खेलमा मौका पाएका सन्दीपले ८ विकेट लिए। २३ ओभर बलिङ गरेका उनले २ सय १० रन खर्चे। उनको इकोनोमी ९।१३ को रह्यो।

दिल्लीका बलरहरुमध्ये सर्वाधिक विकेट टेकरका रुपमा सन्दीप सातौं नम्बरमा रहे। दिल्लीका सर्वाधिक विकेट टिकेर कासिगो राबाडाले २५ विकेट लिए। त्यसपछि क्रिस मौरिस९२३०, इशान्त शर्मा९१३०, अमित मिश्रा९१३०, अक्सर पटेल९१३०, किमो पाउल९९० पछि सन्दीप रहे।

यस सिजनमा पनि सन्दीपलाई उनको न्यूनतम मुल्य २० लाख भारतीय रुपैयाँमा अनुबन्ध गरेको दिल्लीले सुरुवाती दुई खेलमा भने सन्दीपलाई बेन्चमै राख्यो। कोलकाता नाइट राइडर्शविरुद्धको तेस्रो खेलमा मौका पाएका सन्दीपले पहिलो खेलमै विकेट लिए। ४ ओभरमा सन्दीपले २९ रन खर्चदै कोलकाताका ओपनर निखिल नायकलाई पवेलियन फर्काएका थिए।

यो खेल सन्दीप अनि दिल्लीका लागि अविस्मरणीय रह्यो। किनभने कोलकाताले बनाएको समान १ सय ८५ रननै दिल्लीले बनाएपछि खेल सुपर ओभरमा गएको थियो। सुपर ओभरमा दिल्लीले बाजी मार्यो। सन्दीपको फेन्चाइजी करिअरमा सुपर ओभरमा गएको यो एकमात्रै खेल हो।

दिल्लीले किंग्स एलेभेन पन्जाबविरुद्धको आफ्नो चौथो खेलमा पनि सन्दीपलाई सुरुवाती एघारमै मौका दियो। यसपटक सन्दीपको प्रदर्शन अझै सुधारियो। उनले पन्जाबका ओपनर साम कुराँन र सर्फराज खानको विकेट लिए। सन्दीपले समग्रमा चार ओभरमा २७ रन खर्चदै २ विकेट लिए।

सनराइजर्स हैदरावादविरुद्ध दिल्लीले सिजनको पाँचौं खेल खेल्दै थियो। सन्दीप त्यस टिममा पनि अटाए। उनले दीपक होडाको विकेट समेत लगे। तर, ४ ओभरमा ३२ रन खर्चदै सन्दीप केही महँगा भए। यो त्यही खेल थियो, जहाँबाट सन्दीप यस सिजनको आइपीएलमा महँगा हुँदै गए।

रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्धको छैटौं खेलमा पनि सन्दीपले टिममा स्थान बनाए। यस खेलमा पार्थिव पटेलको मात्रै विकेट पाएका सन्दीप महँगा भए। उनले ४ ओभरमा ४६ रन खर्चेपछि उनको नियमित टिममा पर्ने बाटो पनि बन्द भयो।

दिल्लीको तेस्रो, चौथो, पाँचौं र छैटौं खेलमा लगातार स्थान बनाएका सन्दीपले त्यसपछि भने दिल्लीले दश खेल खेल्दा दुई खेलमा मात्रै स्थान बनाउन सके। त्यसमध्ये पन्जाबविरुद्धको खेल यस सिजनमा सन्दीपका लागि सम्झन लायक रह्यो।
दिल्लीबाट छैटौं खेलपछि चार खेल बिराएर किंग्स एलेभेन पन्जाविरुद्ध टोलीमा स्थान बनाएका सन्दीपको यो खेल भने स्मरणीय रह्यो। सन्दीपले पन्जाबका ओपनर क्रिस गेलसँगै अर्का ओपनर केएल राहुलको विकेटमात्रै लिएनन्, साम कुराँनलाई यस सिजनमा दोस्रो पटक पवेलियन फर्काए। यद्यपी सन्दीप महँगा भएका थिए। ४ ओभरमा उनले ६ चौका र दुई छक्का ब्यहार्दै ४० रन खर्चे।

यो खेलपछि सन्दीपले पुनः एक खेल बिराएर बंग्लोरविरुद्ध दिल्लीमा मैदानमा उत्रन मौका पाए। जसमा ३ ओभरमात्रै बलिङ गर्दा ३६ रन खर्चिएपछि सन्दीपले अन्तिम ओभर त पूरा गर्न पाएनन् नै साथै यो खेल सन्दीपको सिजनको अन्तिम खेल पनि बन्यो।

त्यसपछि दिल्लीले थप ४ खेल खेल्दै दोस्रो क्वालिफायरसम्म स्थान बनाएपनि सन्दीप भने बेन्चमै बस्न बाध्य बने।अघिल्लो सिजनमा सन्दीपले दिल्लीबाट पहिलोपटक अन्तर्राष्ट्रिय फ्रेन्चाइजी लिग खेलेका थिए। त्यस सिजनमा पुछारका तीन खेल खेल्दा सन्दीपले ५ विकेट लिएका थिए।

Related News

सम्बन्धित समाचार

  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…
  • ढोलाहिटीलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । ढोलाहिटी फ्रिडमले दोस्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।…
  • बुद्ध विशालको फुटसल प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन पोखराले आफ्ना व्यवसायीबीच सातौं आन्तरिक फुटसल प्रतियोगितामा राजेश खाँडको समूह विजयी भयो ।…
  • पोखरामा पहिलो पल्ट मोटरसाइकल रेस, बाम्दीमा यसरी ओइरिए दर्शक

    विजय नेपाल चैत्र २६, २०८०
    पोखरा । पोखरा राइडर्स क्लब आयोजनामा पहिलोपल्ट भएको पोखरा मोटो–इन्डूरो क्रस च्याम्पियनसिप अभूतपूर्व सफलरुपमा सम्पन्न भएको छ । पोखरा २३,…

hero news full width