उपभोक्ता ऋणी बनाएर खानेपानी

रासस
वैशाख २८, २०७६
khanepani-tanki
  • नगरसभाले हाल उपभोक्तालाई नगरको अगुवाइमा स्थानीय सहकारीमा ऋणी बनाइने र पछि उपभोक्ताबाट सहकारीमा पैसा असुलउपर गर्ने निर्णय गरेको हो ।
  • पाँचखालका छ हजार घरपरिवारले परियोजनाको बैंक खातामा रु १८ हजारका दरले जम्मा गर्नुपर्नेछ ।
  • कूल परिवार सङ्ख्यामध्ये १५ प्रतिशतले उक्त रकम जम्मा गर्न नसक्ने देखिएपछि नगरले उपभोक्तालाई ऋणी बनाउने विधि अपनाएको हो ।
  • परियोजना रु दुई अर्ब २१ करोडको लागतमा निर्माण सम्पन्न हुने

काभ्रेपलाञ्चोक, २८ वैशाख । पाँचखाल नगरपालिकामा उपभोक्तालाई ऋणी बनाएर सुनकोशी पाँचखाल बृहत खानेपानी परियोजना सञ्चालन गरिने भएको छ ।

पाँचखालका सबै बासिन्दालाई खानेपानी उपलब्ध गराउने उद्देश्यले सञ्चालन गर्न लागिएको उक्त परियोजनाका लागि नगरसभाले हाल उपभोक्तालाई नगरको अगुवाइमा स्थानीय सहकारीमा ऋणी बनाइने र पछि उपभोक्ताबाट सहकारीमा पैसा असुलउपर गर्ने निर्णय गरेको हो । “जसरी पनि खानेपानी योजना सम्पन्न गर्नुपर्नेछ, यसबाहेक अर्को विकल््प नभएपछि नगरसभामा यस्तो निर्णय ग¥यौँ”, नगरप्रमुख महेश खरेलले भने ।

पाँचखालका छ हजार घरपरिवारले परियोजनाको बैंक खातामा रु १८ हजारका दरले जम्मा गर्नुपर्नेछ । कूल परिवार सङ्ख्यामध्ये १५ प्रतिशतले उक्त रकम जम्मा गर्न नसक्ने देखिएपछि नगरले उपभोक्तालाई ऋणी बनाउने विधि अपनाएको हो । नगरप्रमुख खरेलले भने “सहकारीमा सदस्य भएकाले सोही सहकारीबाट र नभएकालाई सदस्य बनाएर ऋण दिलाइेछ ।”

परियोजना रु दुई अर्ब २१ करोडको लागतमा निर्माण सम्पन्न हुने बृहत खानेपानी उपभोक्ता समितिका अध्यक्ष कुमार लामिछानेले जानकारी दिए । उनका अनुसार नेपाल सरकार, एशियाली विकास बैंक (एडिबी) र उपभोक्ताको लागतमा परियोजना सम्पन्न हुनेछ ।

खानेपानी परियोजनाका लागि स्थानीय युवाले तीन महीनादेखि जागरण अभियान सञ्चालन गरिरहेका छन । परियोजनाको बैंक खातामा हालसम्म रु चार करोड ४० लाख जम्मा भएको समितिका अध्यक्ष लामिछानेले जानकारी दिए । दातासँगको सम्झौताअनुसार उपभोक्ता समितिले परियोजनामा पाँच प्रतिशत रकम ब्यहोर्नुपर्नेछ ।

दातासँग आउँदो असार मसान्तभित्र परियोजनाको पाँच प्रतिशत रकम जम्मा गर्नुपर्ने सम्झौता भएको छ । सम्झौताअनुसार समितिले निर्धारित समयमा रकम जम्मा गर्न नसके परियोजना कार्यान्वयन गर्न नसकिने अध्यक्ष लामिछानेले बताए । उनले भने “यसका लागि तीन महीनादेखि जागरण अभियान चलाइरहेका छौँ ।”

सुनकोशी पाँचखाल बृहत खानेपानी परियोजना सफल बनाउन सञ्चालित जागरण अभियानअन्तर्गत वडाका बस्ती–बस्तीमा उपसमिति बनाइएको छ । सोही उपसमितिले बस्तीका बासिन्दालाई रकम जम्मा गर्न जानकारीमूलक सन्देश दिइरहको पाँचखाल नपा–६ धोत्राका भेषराज दनुवारले बताए । अभियानमा विभिन्न सङ्घसंस्था, विद्यालय तथा सरोकारवालाको सहभागितामा प्रत्येक वडामा परियोजनासम्बन्धी जानकारीमूलक ब्यानर र प्लेकार्डसहितको ¥याली गर्दै आइएको छ । इन्द्रावती नदी किनारमा इनार बनाई लिफ्टिङ प्रविधिद्वारा पाँचखाल नगरमा खानेपानी व्यवस्थापन गर्न लागिएका हो ।

Related News

सम्बन्धित समाचार

hero news full width