मुस्ताङमा विदेशी नागरिकको मृत्यु

आदर्श समाज सम्वाददाता
वैशाख २७, २०७६
_DSC8343

पोखरा, २७ वैशाख । मुस्ताङको लो– घेकर दाँमोदरकुण्ड गाउँपालिका–४ सारेबुङमा शुक्रवार विहान एक विदेशी नागरिकको मृत्यु भएको छ ।
पर्यटकको रुपमा नेपाल आएका इटालियन नागरिक ६८ बर्षीय  Marco Roccufrancufoc morelio (पुरुष) विहीवार दिउसो विरामी परेका थिए । बिरामी परेका ती नागरिकको उद्वारका लागि हेलिकप्टर मगाइएको भएपनि खराव मौसमका कारण विहीवार त्यहाँ हेलिकप्टर पुग्न सकेन् । शुक्रवार विहान ७.४५ वजे समिटि एयरको हेलिकप्टर उक्त स्थानमा पुग्दा उनको मृत्यु भइसकेको प्रहरीले जानकारी दिएको छ ।
उनको शव मुस्ताङको जोमसोम विमानस्थलमा ल्याइएको र घटनाको वारेमा अनुसन्धान अगाडि वढाइएको प्रहरीले जानकरी दिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width