वार्षिक पुण्य तिथिमा मानवसेवा आश्रममा भोजनदान

Avatar आदर्श समाज सम्वाददाता
वैशाख २७, २०७६

पोखरा, २७ वैशाख । मिन र जस्मी गुरुङले आफ्नो दिवंगत आमा सासुको वार्षिक पुण्य तिथिमा असहाय एवं बेसहारालाई भोजनदान गरेका छन् ।

पोखरा–१७, छोरेपाटनस्थित मानवसेवा आश्रममा बिहीबार आफ्नी आमा सासु स्व. पद्मी गुरुङको वार्षिक स्मृतिको अवसर पारेर गुरुङ दम्पतीले भोजनदान गरेका हुन् ।

गुरुङ दम्पतीले आफ्नी आमा, सासुको वार्षिक स्मृतिमा हरेक वर्ष विभिन्न आश्रममा रहेका असहाय, बेसहारा, अपाङ्गता भएका व्यक्तिलाई लत्ताकपडा, खाद्यसामग्री एवं भोजनदान गर्दै आएका छन् । बिहीबार समाजसेवी जस्मी गुरुङकी सहोदर बहिनी सीता गुरुङले तमुस्यो रि च्हमी परिवारकी अध्यक्ष गौरी गुरुङको संयोजनमा मानवसेवा आश्रममा रहेका ८२ जना बेसहारालाई भोजन गराइन् ।

तपाइको विचार व्यक्त गर्नुहोस्

हाम्रो सुझाव

अवरुद्ध बेसीशहर– चामे सडक खुल्यो

गलकोट समाज पोखराको छैठौं वार्षिक साधारणसभा सम्पन्न

छोरी पाएर वन्ध्याकरण गर्नेलाई सम्मान

कारागारको वस्तुगत अनुगमन

प्रमुख समाचार

पहिरोले घर पुर्दा क्षत्री घाइते

थप प्रमुख समाचार