पश्चिमी वायुकै कारण गर्मी केही घट्ने

एजेन्सी
वैशाख २७, २०७६
YNOOLIQ2JJGRLJTQXRQXHHIDHI

पोखरा, २७ वैशाख । पानी नपरेका कारण देशभर बढेको गर्मी शुक्रबार देखि केही कम हुने मौसमविद्ले अनुमान गरेका छन् । देशैभरी चारपाँच दिनयता गर्मी वढेको छ ।

पश्चिमबाट पश्चिमी वायु प्रवेश गर्ने भएकाले तापक्रम केही घट्ने मौसमविद्को भनाइ छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार पानी नपरेका कारण यस हप्ता काठमाडौं उपत्यकासहित देशभर गर्मी बढेको छ।

उनका अनुसार बिहीबार नेपालगन्जमा यो वर्षकै उच्च तापक्रम ४३ डिग्री सेल्सियस मापन गरिएको छ। शुक्रबार पश्चिममा पश्चिमी वायु प्रवेश गर्ने भएकाले पश्चिमी क्षेत्रको मौसम बदली हुने मौसमविद् पौडेलले बताए। यसले बढ्दै गएको तापक्रम थोरै घट्ने उनको अनुमान छ।

‘पानी नपरेकाले यो हप्ता गर्मी बढेको छ,’ उनले भने, ‘अब पश्चिमी वायु प्रवेश गरेपछि केही कम हुने देखिन्छ।’ मौसविद् पौडेलका अनुसार दिउँसो काठमाडौसहित मध्य र पूर्वी पहाडी भेगका एकदुई ठाउँमा फाट्टफुट्ट पानी पर्ने सम्भावना छ। तर ठूलो पानी पर्ने सम्भावना भने छैन।

अबका तीन दिन पहाडी क्षेत्रका एकदुई ठाउँमा फाट्टफुट्ट पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width