एकताको सन्देश दिन आठ शहरमा कार्यक्रम गरिने

एजेन्सी
वैशाख २७, २०७६
1557134527samajbadi_party_nepal_(1)

पोखरा,२७ वैशाख । समाजवादी पार्टी नेपालले पार्टी एकताको सन्देश दिन र अगुवा नेतृत्वलाई प्रभावकारी बनाउन देशको आठ वटा सहरमा सभाका कार्यक्रम गर्ने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बिहिबार बसेको पहिलो पदाधिकारी बैठकले अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादवले आठ वटै सहरमा संयुक्त रूपमा सम्बोधन गर्ने गरी कार्यक्रम तय गरेको केन्द्रीय सचिव प्रकाश अधिकारीले जानकारी दिए।

यही वैशाख २३ गते संघीय समाजवादी फोरम, नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच पार्टी एकीकरण भई नवगठित समाजवादी पार्टी नेपालले राष्ट्रिय जनता पार्टी (राजपा) सहित विचार र सिद्धान्त मिल्ने दल एवं संगठनहरूलाई एकताको लागि अपील समेत गरेको छ ।

यसका साथै दुवै पार्टीको केन्द्रदेखि स्थानीय वडासम्मै एकीकरण प्रक्रिया टुंगो लगाउन पाँच दिनभित्र समायोजन निर्देशिका तयार गर्न समिति गठन गरेको छ । पार्टी एकीकरणपछि एकताको सन्देश प्रवाह गर्न केन्द्रीय स्तरबाट पहिलो पटक आयोजना हुन लागेको कार्यक्रम जेठ ११ गते पूर्वको विराटनगरबाट शुभारम्भ भएर पश्चिमको धनगढी हुँदै जेठ २५ गते पोखरामा समापन हुनेछ ।

कार्यक्रम तालिका अनुसार आगामी जेठ ११ गते विराटनगर, १२ गते जनकपुर, १३ गते वीरगंज, १७ गते भैरहवा, १८ गते नेपालगंज, १९ गते सुर्खेत, २१ गते धनगढी र २५ गते पोखरामा सम्बोधन गरी कार्यक्रम सम्पन्न हुनेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width